• ३ साउन २०८३, आइतबार
  • ९:२४ बिहान

स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

प्रकाशित मिति

२०८१ फाल्गुन ११ गते, आईतवार ११:१२

फाल्गुण ११, २०८१ काठमाडौँ: स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको हो ।

‘हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठले स्वर दिनुभएको थियो । त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ । त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिनुभएको छ । सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो ।

Kamana Sewa

गीतसंगीत, साहित्य तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पाँच सयको हाराहारीमा उपस्थिति रहेको समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Classic Tech Desktop

पूर्वमन्त्री एवं गीतकार कोइरालाले स्वागत मन्तव्य राख्दै बान्तु बहुआयामिक व्यक्तित्व भएको भन्दै उहाँमा विलक्षण प्रतिभा रहेको बताउनुभयो । ‘हामी भोजपुरे हौ, लामो समयदेखि एकअर्कालाई चिन्छौ, बान्तुमा कवि व्यक्तित्व जति शसक्त छ गीत लेखन र संगीतमा पनि अब्बल भएको म पाउँछु’, कोइरालाले भन्नुभयो । भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले गीतसंगीत साहित्यले मानिसलाई जोडने बताउँदै कवि बान्तुका बारेमा लेख्नुभएको कविता वाचन गर्नुभएको थियो ।

त्यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले बान्तुले गीतकारको अक्षय कोष स्थापना गरेर ठूलो कार्य गरेको सम्झना गर्दै उहाँको व्यक्तित्वको चर्चा गर्नुभएको थियो । निर्देशक एवं नायिका दीपाश्री निरौलाले बान्तुको एउटा गीतमा आफूले पनि अभिनय गरेको सम्झना गर्दै उहाँ सर्वप्रिय व्यक्तित्व भएको चर्चा गर्नुभयो । ‘मैले एउटा उहाँको गीतमा अभिनय पनि गरेकी छु, अमर बान्तु सबैका प्रिय व्यक्तित्व हुनुहुन्छ । गीतकार एवं कविका रूपमा चिनिनुभएका बान्तु संगीतकारका रूपमा रहेको र अभिनय पनि उक्तिकै सशक्त छ’, निर्देशक निरौलाले भन्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास०का पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बान्तुको लेखनमात्र नभएर कविता वाचनकला पनि सशक्त रहेको जिकिर गर्नुभयो । ‘उहाँ गीत कविता लेखनमा जति सशक्त हुनुहुन्छ, वाचनमा पनि आफ्नै मौलिकता रहेको छ’, लेकालीले भन्नुभयो ।

वरिष्ठ गीतकार गीतकार राजेन्द्र थापाले धेरै पत्रै पत्रमा बान्तुको खुबी रहेको बताउँदै उहाँलाई ‘सयपत्री’ नाम दिन्छु भन्नुभयो । गीतकार संघमा उहाँको सहयोगको चर्चा गर्दै वरिष्ठ गीतकार थापाले बान्तुले समाजका विविध क्षेत्रका पाटालाई साहित्यमार्फत प्रस्तुत गरेको धारणा राख्नुभयो । आफ्ना केही भावी योजना सुनाउँदै स्रष्टा बान्तुले सबैको साथ, सहयोग र आर्शिवादका लागि धन्यवाद दिनुभएको थियो । ‘एकल अकेस्टिक कविता वाचन, एकल अकेस्टिक सांगीतक साँझ र आटो वायोग्राफी प्रकाशन गर्ने भावी कार्यक्रम छन्,’ उहाँले जानकारी गराउनुभयो ।

मिलापका सम्पादक कृष्ण भुसालले बान्तुका विविध पक्षको चर्चा गर्दै उहाँका कार्य सामाजका लागि उदाहरणीय भएको जिकिर गर्नुभयो । बान्तुका गीतमा जीवनको वास्तविकता, समवेदना र दर्शन पाइने सम्पादक भुसालको भनाइ थियो । विगत १५ वर्षदेखि निरन्तर मासिक रूपमा मिलाप प्रकाशन गर्दै आएको र पब्लिेकशनमार्फत अन्य केही कृति पाठकमाझ ल्याएको उहाँले जानकारी गराउनुभयो । हालै मिलापकी कार्यकारी सम्पादक गीत अधिकारीको ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएको जानकारी गराउँदै उहाँले चाडै गीतकार जनक रावलको गीतिसंग्रह पाठकमाझ ल्याउने तयारीमा रहेको बताउनुभयो ।

गीतकार एवं कुशल प्रस्तोता नरेश भट्टराईले सहजीकरण गर्नुभएको सो समारोहमा स्रष्टा बान्तुलाई मिलाप आवरण सम्मान अर्पण गरिएको थियो । एक हजारभन्दा बढी गीत रचना गर्नुभएका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् । उहाँका केही गीत करोडौं क्लबमा पनि छन् ।

प्रतिकृया