• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

भक्तपुरमा ‘लिटिल लिजेण्डस सिजन १’ भव्य रूपमा सम्पन्न, बालबालिकाले देखाए कला र प्रतिभा

प्रकाशित मिति

२०८१ फाल्गुन ११ गते, आईतवार ११:०७

फाल्गुण ११, २०८१ भक्तपुर: एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । उक्त अवसरमा भक्तपुर जिल्लाका प्रि स्कुल विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन्।

भक्तपुरको बोडेस्थित कृषि विकास बैङ्क तालिम केन्द्रमा आयोजित उक्त कार्यक्रममा जिल्लाका २३ वटा प्रि स्कुलका बालबालिकाले आफ्नो प्रतिभा प्रदर्शन गरे ।

Kamana Sewa

कार्यक्रमका प्रमुख अतिथि माननीय दुर्लभ थापाले निजी क्षेत्रबाट सञ्चालित प्रि स्कुलहरूले बालबालिकाको शैक्षिक, शारीरिक र मानसिक विकासमा र्पुयाएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, प्रि स्कुलका लागि राज्यले लगानी गर्नुपर्ने हो । तर निजी क्षेत्रले जुन सक्रियता देखाएको छ, त्यो अत्यन्तै महत्वपूर्ण छ ।

Classic Tech Desktop

अपेन केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै बालबालिकाको क्षेत्रमा अहिले निजी क्षेत्रबाट भइरहेको प्रयास निकै सराहनीय रहेको बताउनु भयो । यस्ता कार्यक्रम बालबालिकालाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न निकै प्रभावकारी हुन्छन् । त्यसैले भोलिका दिनमा यसलाई देशव्यापी बनाउनु पर्छ, उहाँले भन्नु भयो ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको क्षमता अभिवृद्धिमा सघाउने प्रतिबद्धता जनाउँदै आफ्नो नगरपालिकामा रहेका संस्थागत विद्यालयहरूले शैक्षिक गुणस्तर वृद्धिका लागि निकै राम्रो काम गरेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयसँग पनि सहकार्य गरेर क्षमता अभिवृद्धि गर्ने हाम्रो योजना रहेको बताउनु भयो ।

अपेन केन्द्रीय सचिव सम्झना बस्नेतले बालबालिकाको समग्र विकासका लागि यस्ता कार्यक्रमले ठुलो योगदान र्पुयाउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

अपेन भक्तपुरका अध्यक्ष योगेश खड्काले सीमित स्रोतसाधनका बाबजुद पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै सहभागी विद्यालय, अभिभावक तथा प्रायोजकहरूलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यालय तथा बालबालिकालाई प्रमाणपत्र

प्रतिकृया