• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी

प्रकाशित मिति

२०८१ मंसिर १६ गते, आईतवार १२:२७

मंसिर १६, २०८१ काठमाडौँ: सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आजपनि जारी छ । सरकारी वकिलको कार्यालयमा पूर्व गृहमन्त्री लामिछानेको बयान जारी रहेको हो। यसअघि उनीसँग गत शुक्रबार पनि बयान लिइएको थियो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएको थियो। गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए। सोही आधारमा उनको समेत त्यसमा बयान लिइएको छ।

Kamana Sewa

लामिछानेले सो कम्पनीको प्रबन्ध-निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन्।

Classic Tech Desktop

संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्दाको जिम्मेवारी लिनुपर्ने उल्लेख गरेको छ। प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ।

कास्की र रूपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।

प्रतिकृया