• २ असोज २०८३, शुक्रबार
  • ७ः१७ बेलुका

सभामुखलाई माओवादीको चेतावनी– नियमानुसार सदन चलाइयोस् !

प्रकाशित मिति

२०८१ भाद्र १२ गते, बुधबार ०४:२९

भाद्र १२, २०८१ काठमाडौँ: नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई चेतावनी दिँदै नियमावलीअनुसार सदन चलाउन ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमानुसार सदन नचलेको हुँदा चलाउन भनेका छन् ।

National Life

“नियम २६ अनुसार जब नियमावली पालना हुँदैन त्यसपछि नियमापत्ति राख्न पाइन्छ,” पाण्डेले भने, “सदन नियमअनुसार सदन चलेन, चलाइयोस् भन्न चाहन्छु ।”

पाण्डेको यो भनाइपछि सभामुख पनि आक्रोशित बनेका थिए । “नियमअनुसार चलिदिनू भन्ने सभामुखको निर्देशन मानिदिन अनुरोध गर्दछु,” आक्रोशित सभामुखले भनेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया