• ३ असोज २०८३, शनिबार
  • ६ः१२ बेलुका

साफ यू-२० च्याम्पियनसीप : नेपालविरुद्ध बंगलादेशको दोस्रो गोल

प्रकाशित मिति

२०८१ भाद्र १२ गते, बुधबार ०४:३१

भाद्र १२, २०८१ काठमाडौँ: साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि जारी भिडन्तको दोस्रो हाफमा बंगलादेशविरुद्ध घरेलु टोली नेपाल २–० ले पछि परेको छ। ललितपुरको सातदोबाटोस्थित एबन्फा कम्प्लेक्स मैदानमा खेलको दोस्रो हाफ जारी रहँदा घरेलु टोली नेपाल बंगलादेशविरुद्ध २–० ले पछि परेको हो।

National Life

खेलको ५४ औँ मिनेटमा नेपाल २–० ले पछि परेको हो। मिराजुल इस्लामले गोललाईनबाट हेडर गोल गोल गर्दै बंगलादेशकोअग्रता दोब्बर पारे। पहिलो हाफको इन्ज्युरी समयमा बंगालदेशका मिलिजुल इस्लामले फ्रिकीकमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। इस्लामको फ्रिकीक प्रहारले चपहिलो बारमा लाग्दै पोष्टको जाली चुमेको थियो।

त्यसअघि नेपालले खेलमा राम्रो पकड बनाएपनि गोल गर्न भने सकेन। बगंलादेशले पाएको अवसरलाई सुदपयोग गर्दै अग्रता बनायो। खेलको ३१ औँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। त्यसअघि २९ औँ मिनेटमा सिमान्त थापाको फ्रिकीक क्रसबारको माथिबाट आकाशियो।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो हाफको २१ औँ मिनेटमा निराजन धामीले बंगलादेशका दुई डिफेन्डरबाट बललाई खोस्दै दिएको क्रसलाई अविनास स्याङताङले पोष्टको गति दिन सकेनन्। खेलको १६ औँ मिनेटमा निराजनको लामो पासलाई नियन्त्रणमा लिदै समिर तामाङले दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन भने सकेनन्।

पहिलो हाफको नवौं मिनेटमा निराजन धामीको लामो प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।

प्रतिकृया