• ८ भदौ २०८३, मंगलबार
  • १०:१४ बिहान

विनोद चौधरीले संसद्‌मा प्रयोग गरेको उखान रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन

प्रकाशित मिति

२०८० जेष्ठ २५ गते, बिहीबार ०३:५६

२५ जेठ २०८०, काठमाडौँ : नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले बिहीबार संसद्‌मा प्रयोग गरेको उखान रेकर्डबाट हटाइएको छ ।


बजेटमाथि छलफलका क्रममा सांसद चौधरीले मल आपूर्तिको विषयमा बोल्दै ‘ ‍जब भयो राति, तब बुढी ताती’ भनेका थिए। उनले भनेका थिए- किसानको मागअनुसार मल आपूर्तिको व्यवस्था मिलाऔं। तर अहिले पनि किसानको आवश्यकताको २५ प्रतिशतमात्रै रासायनिक मल उपलब्ध गराउन सक्ने स्थिति छ, बजेटमा हरित अर्थतन्त्र दिगो विकासको मन्त्र भन्ने नारा त दियौं तर नारा सफल पार्ने जिम्मेवारीमा रहेका कहिल्यै मलसम्म दिन सकेनौं। जब धान रोप्ने बेला सुरू हुन्छ, सरकार मलको खोजीमा भौतारिरहन्छ। जब पर्‍यो राति तब बुढी ताती भन्ने हाम्रो उखान नै छ।’

Kamana Sewa

उनले प्रयोग गरेको उखानले महिलाको अपमान गरेको भन्दै एमाले सांसद दीपा शर्माले नियमापत्ति गरेकी थिइन्। सांसद शर्माले नियमापत्ति गर्दै भनेकी थिइन्- ‘प्रतिनिधि सभा नियमावलीको २१ को (घ) मा लेखिएको छ- सम्मानित सदनमा कसैलाई अपमानजनक शब्द प्रयोग गर्न हुँदैन। नेपाली उखानलाई लिएर जहिल्यै पनि महिलाहरूमाथि आक्रमण गर्ने गरिन्छ। यो कुरा कहिलेदेखि अन्त्य हुन्छ म सोध्न चाहन्छु।’

Classic Tech Desktop

उनको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले उक्त उखान रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका हुन्।

प्रतिकृया