• ४ साउन २०८३, सोमबार
  • ३:५७ बिहान

आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिँदै

प्रकाशित मिति

२०८० जेष्ठ ३ गते, बुधबार ०७:५०

जेष्ठ ३, २०८०, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक बुधबार सकिँदैछ । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति प्रतिवेदन पेश गरेको थिए । तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्षले पेश गरेको राजनीति प्रतिवेदनमाथि सदस्यहरूले आफ्ना धारणा राखेका थिए।


अध्यक्षको राजनीतिक प्रतिवेदन माथि धारणा राख्ने क्रममा केही सदस्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनु गल्ती रहेको समेत बताएका थिए।

Kamana Sewa

‘यस्तो परिस्थितिमा सरकारमा सहभागी हुनु गल्ती नै हो,’ बैठकमा उठेको कुरा एक सदस्यले उद्धृत गरे ,‘सरकारमा गएर आफ्ना कुरा लागु गर्ने परिस्थिति बाहेकमा पुनःविचार गर्नुपर्छ। नेतृत्वले यसबाट पाठ सिकोस्।’

Classic Tech Desktop

बैठकमा महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए। त्यस्तै कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । हिजाे तीन वटा प्रतिवेदनमाथि सदस्यले बोल्ने क्रम सकिएको र आज दिउँसो बैठक सकिने छ ।


‘देशले राजनीतिक विकल्प खोजिरहेको छ, राप्रपालाई भरपर्दो विकल्पको रूपमा प्रस्तुत गर्ने नयाँ योजनाका साथ बैठक सकिएको छ, आज निष्कर्ष सुनाउनेछौं,’ उनले भने।

प्रतिकृया