• ४ साउन २०८३, सोमबार
  • ५:१४ बिहान

माओवादी घटक र नागरिक अगुवाबीचको छलफल स्थगित

प्रकाशित मिति

२०७९ फाल्गुन ३० गते, मंगलवार ०१:३३

३० फागुन, २०७९, काठमाडौँ: माओवादी धारका पार्टीले तय गरेको नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल स्थगन भएको छ। मंगलबारका लागि तय भएको छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। मंगलबार नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थियो ।


विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी घटकहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने तय भएको थियो।

Kamana Sewa

गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । यसैअनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्।

Classic Tech Desktop

प्रतिकृया