• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

‘खेलाडीका लागि केपी ओली कप’

प्रकाशित मिति

२०७९ माघ १३ गते, शुक्रबार ०२:५३

१३ माघ, २०७९, काठमाडौँ: राष्ट्रिय युवा संघको आयोजनामा फागुन ११ गतेदेखि काठमाडौंमा हुने तय भएको ‘केपी ओली कप’ खेलाडी जोगाउन सञ्चालन गर्न लागिएको बताइएको छ। नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष किरण पौडेलले पछिल्लो समय प्रमुख समस्याको रुपमा देखापरेको खेलाडी पलायन रोक्न र फुटबल खेलेरै बाँच्न पाउने अवस्था बनाउन सहयोग गर्न प्रतियोगिता आयोजना गर्ने बताए।


‘केपी ओली युवा संघको संस्थापक अध्यक्ष हुनुन्थ्यो, त्यसैले उहाँको नाममा प्रतियोगिता गर्न लागेका हौं,’ उनले भने, ‘अन्य राजनीतिक दलले पनि हामीले झैं प्रतियोगिता गरे भने त्यसबाट पनि खेलाडीलाई फाइदा हुन्छ भन्ने आस गरेका छौं।’ केपी ओली पार्टीको अध्यक्ष पनि भएको र उनको लिगेसी खेलकुदमा ढाल्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताएका थिए।

Kamana Sewa

‘अन्य राजनीतिक दलको तुलनामा केपी ओली धेरै खेल बुझेको, रुचि भएको र खेललाई माया गर्ने भएकाले त्यो भावना खेलमा उतार्दा त्यसले सकारात्मक प्रभाव पर्छ भनेर आयोजना गर्न लागिएको हो,’ उनले भने। प्रतियोगिताको प्रायोजक हालसम्म कोही नभएको तर छिट्टै व्यावसायिक घराना जोडिनेमा आशा व्यक्त गरे।

Classic Tech Desktop

केपी ओली कप प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि यसका लागि स्वीकृति दिइसकेको छ। प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख नगद प्राप्त गर्ने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदीयमान खेलाडीलाई ५० प्रदान गरिने उनले बताए। प्रतियोगिताको उद्घाटन खेल च्यासलमा र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने एन्फाका उपाध्यक्ष दीपक खतिवडाले जानकारी दिए। प्रतियोगिताको फाइनल दशरथ रंगशालामा हुने पनि उनले जानकारी दिए।

प्रतिकृया