रविको मुद्दामा सकियो सुनुवाइ, आजै फैसला आउन पनि सक्ने, नआए फैसलाको मिति तोकिने
प्रकाशित मिति
२०७९ माघ १३ गते, शुक्रबार ०२:०२
१३ माघ २०७९, काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ। पक्ष र विपक्ष दुवैतर्फका कानून व्यवसायीको बहस सकिएपछि अब फैसलाको पर्खाइ छ । आजै फैसला आउने पनि सम्भावना छ। आज नआएमा फैसलाको मिति तोक्ने निर्णय मिति पनि आउन सक्छ। सुनुवाइ सकिएपछि न्यायाधीशहरू परामर्शमा छन्।
सुनुवाइका क्रममा रवि लामिछानेले अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको उनकै वकिल वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतमले अदालतमा स्वीकार गरेका छन्। न्यायाधीश ईश्वर खतिवडाले नेपाली पासपोर्टबारे प्रश्न गरेका थिए।

मुद्दामा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा रहेको संवैधानिक इजलासमा बुधवारदेखि अन्तिम सुनुवाइ शुरू भएको थियो ।

अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्त नगरेकाले सांसद बन्नका लागि अयोग्य हुने भन्दै रविराज बसौला, युवराज पौडेल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।




प्रतिकृया