नेपाली क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार ०५:२४
२९ मंसिर २०७९, काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको बिहीबार स्वीकृत भएको छ । मुख्य प्रशिक्षक प्रभाकरले दिएको राजीनामा बिहीबारदेखि नै लागु हुने गरी स्वीकृत भएको जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले दिएको छ ।
प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन् । क्यानले नेपाली टोली सम्हाल्ने गरी प्रभाकरसँग एक वर्षे सम्झौता गरेको थियो । तत्कालीन प्रशिक्षक डेभ ह्रवाटमोरले राष्ट्रिय टोली छाडेपछि प्रभाकर नेपाली टोली सम्हाल्न गत साउनमा नेपाल आएका थिए ।
भारतीय प्रशिक्षक प्रभाकर नेपाल आएपछि नेपालको क्रिकेट यात्रा झन् ओरालो लागेको थियो । पूर्व प्रशिक्षक ह्वाटमोरले टोली सम्हालेपछि नेपाली टोली केही लयमा देखिएको थियो ।
उनले नेपालको ब्याटिङ लाइनमा सुधारको संकेत दिएका थिए । उनले टोलीमा ओपनरको खोजी गर्दै नेपाललाई सुखद नतिजा पनि दिएका थिए । प्रभाकरले नेपाली टोली सम्हालेपछि नेपालको प्रर्दशन झन् खस्किँदै गएको थियो । प्रभाकर नेपाल आएको एक सातामा नै राष्ट्रिय टोलीले केन्या भ्रमण गरेको थियो ।
तर पछिल्लो समय नेपाली क्रिकेट टोलीको प्रदर्शन लगातार खराब थियो । समाचार अनुसार खराब प्रदर्शनका कारण खेलाडीसँग प्रभाकरको सम्बन्ध पनि बिग्रिएको थियो ।







प्रतिकृया