• ५ साउन २०८३, मंगलबार
  • ६:०५ बेलुका

प्रभु क्यापिटलले ल्यायो निःशुल्क डिम्याट स्किम, आजीवन फ्री, विजेतलाई हेली राइड

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०१:५४

२८ मंसिर २०७९, काठमाडौँ: प्रभु क्यापिटलले डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि निःशुल्क डिम्याट स्किम ल्याएका छ । यस योजना यही १ पौष २०७९ बाट ३० चैत्र, २०७९ सम्म लागू हुने क्यापिटलले जनाएको छ।


क्यापिटलका अनुसार यस योजनामा ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्राप्त गर्न सक्नेछन्। योजना अवधिभर खाता खोल्ने ग्राहक मध्ये गोलाप्रथाबाट १० जना भाग्यशाली बिजेताले आजीवन निःशुल्क डिम्याट सेवा पाउने र एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइँकुण्ड हेली राइड जित्ने क्यापिटलले जनाएको छ ।

Kamana Sewa

पूँजी बजारमा नयाँ लगानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न प्रेरित गर्ने उद्देश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

Classic Tech Desktop

जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउने क्यापिटलले उल्लेख गरेको छ ।


क्यापिटलका अनुसार निःशुल्क डिम्याट खातासँगै मेरो शेयर खाता, योजना अवधिभरको हितग्राही मध्ये “ १० जना भाग्यशाली हितग्राही बिजेतालाई आजीवन फ्री डिम्याट, १ जना लाई “ गोसाईकुण्ड हेली राइड अफर, अनलाईन मार्फत खाता खोल्न सकिने, भिडियो केवाईसीद्वारा केवाईसी भेरिफिकेसन हुने। (पिएमएस सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट हुने क्यापिटलले जनाएको छ ।

प्रतिकृया