• ५ साउन २०८३, मंगलबार
  • १२:२१ बिहान

फ्रान्सलाई हराउनेमा विश्वस्त छौँ: प्रशिक्षक रेग्रगुइ

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०२:३३

२८ मंसिर २०७९, काठमाडौं : सनसनीपूर्ण प्रदर्शन गर्दै कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको मोरोक्कोले फाइनल पुग्नेमा टिम विश्वस्त रहेको प्रशिक्षक वालिद रेग्रगुइले बताएका छन्। टिम बलियो आत्मविश्वासमा रहेको उनकाे भनाइ छ। उनले भने, ‘हामी विश्वपकको सेमिफाइनल पुग्ने पहिलाे अफ्रिकी राष्ट्र बनेर नयाँ इतिहास बनाएका छौँ। जुन ऐतिहासिक उपलब्धि हो। अब हामी थप उपलब्धी हासिल गर्नका लागि तयार छौँ।’


प्रशिक्षक रेग्रगुइले टिम फाइनलमा पुग्न चाहेको बताए। उनले भने, ‘फ्रान्स विश्वकै उत्कृष्ट टोली हो। तर, हामी पनि आफ्नो लक्ष्यमा केन्द्रित छौँ।’ मोरोक्कोले बुधबार दोस्रो सेमिफाइनलमा साबिकको विजेता फ्रान्सको सामना गर्दै छ। क्वार्टरफाइनलमा पोर्चुगललाई १-० ले हराउँदै मोरोक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो।

Kamana Sewa

मोरोक्कोले यसअघि समूह चरणमा बेल्जियम र अन्तिम १६ मा स्पेनलाई हराउँदै जारी विश्वकपमा अन्डरडगको छवि बनाउन सफल भएको थियो। त्यस्तै, साविक च्याम्पियन फ्रान्सले इङ्ल्यान्डलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।प्रशिक्षक रेग्रगुइले सेमिफाइनलसम्मको यात्रालाई विर्सिएर बिना प्रेसरमा मैदान उत्रिने बताए। उनले भने, ‘हामी केही उपलब्धीका लागि एउटा जोस र संकल्पका साथ उत्साही छौँ। कठिन उपलब्धी पनि हासिल गर्न सकिन्छ भन्ने पूर्ण विश्वासमा रहेका छौँ।’

Classic Tech Desktop

प्रतिकृया