• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

समानुपातिकतर्फ कुन दलले कति मत ल्याए ?

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार १०:२८

१२ मंसिर, २०७९, काठमाडौं : प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ नेकपा एमाले पहिलो स्थानमै कायम रहेको छ।९२ लाख ५० हजार ८९१ मत गन्दा एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेको छ। एमालेलाई नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत ल्याइ पच्छाइरहेको छ। तेस्रो स्थानमा भने नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ। उसले १० लाख ६० हजार ८८९ मत पाएको छ।


चौथो स्थानको नेकपा माओवादी केन्द्रले १० लाख ५४ हजार ९९७ मत प्राप्त गरेको छ। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ४७०, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४५०, जनमत पार्टीले २ लाख ५६ हजार ३३, नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार ११८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९३३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार ४१, नेमकिपाले ७२ हजार ७५१ र हाम्रो नेपाली पार्टीले ५२ हजार ८०८ मत प्राप्त गरेको छ।

Kamana Sewa

प्रतिकृया