• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

गाडी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०६:२३

२४ कात्तिक २०७९, काठमाडौँ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा जिप दुर्घटना भएको हो। यारीका लागि गएको बा१८च १४१७ नम्बरको जिप बुधबार ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ यारी गाउँका २८ वर्षका कुङ्गा तान्जेन लामाको घटनास्थलमै मृत्यु भएको हो।


घाइते हुनेमा नाम्खा गाउँपालिका–५ यारीगाउँका ३१ वर्षका जिक्मेत तामाङ र चालक नाम्खा गाउँपालिका–१ को हेक्पागाउँका २२ वर्षका कुन्जोक लामा छन्। चालक लामा सामान्य घाइते भएका छन्। स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ।

Kamana Sewa

घाइते दुवै जनालाई हेलिकप्टरबाट सदरमुकाम सिमकोटमा उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। घाइते एकको टाउकामा चोट लागेको छ भने एकको अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताइन्।

Classic Tech Desktop

प्रतिकृया