• ३ साउन २०८३, आइतबार
  • ५:३८ बेलुका

छालालाई चाउरी पर्न नदिने घरेलु उपाय

प्रकाशित मिति

२०७९ कार्तिक १९ गते, शनिबार ०९:२०

१९ कात्तिक २०७९, एजेन्सी : बढ्दो उमेरसँगै शरीरका साथै छालामा पनि धेरै किसिमका समस्या आउन थाल्छ । छालामा ढिलापन आउने, चाउरी पर्ने, टाइटनेस कम हुने जस्ता समस्या देखा पर्छन् । यस्तो अवस्थामा ३० वर्षको उमेर पुगेपछि छालामा विशेष ध्यान दिनुपर्छ । त्यसैले आज हामी तपाईंलाई केही सजिलो घरेलु उपायको बारेमा बताउनेछौँ जसले छालालाई टाइट राख्न मद्दत गर्छ । साथै यी घरेलु उपायहरू अपनाएमा छालासँग सम्बन्धित धेरै समस्याहरू पनि हट्नेछन् ।


बदामको तेल
बदाम स्वास्थ्यका लागि फाइदाजनक मात्र होइन छालासँग सम्बन्धित धेरै समस्याहरू हटाउन पनि प्रभावकारी हुन्छ। यदि तपाईं छालालाई टाइट राख्न चाहनुहुन्छ भने तपाईंले दैनिक बदामको तेल प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि सुत्नुअघि यसको तेल प्रयोग गर्नुपर्छ । यसमा पाइने इमोलिएन्टले छालाको मृत कोशिकाहरूलाई पुनः उत्पादन गर्छ । यसले अनुहारमा चमक ल्याउँछ र यसले छालाको टोनलाई पनि सुधार गर्छ।

Kamana Sewa

नरिवलको तेल
नरिवलको तेल पनि धेरै पौष्टिक गुणहरूले भरिपूर्ण छ । तपाईंले सुत्नु अघि वा नुहाउनु अघि नरिवलको तेलले अनुहारलाई राम्रोसँग मसाज गर्न सक्नुहुन्छ । यसमा धेरै कोलेजन हुन्छ जसले छालालाई टाइट बनाउँछ।

Classic Tech Desktop

टमाटर प्रयोग गर्नुहोस्
टमाटरको प्रयोग खानाको स्वाद बढाउनका लागि गरिन्छ । तर यसले छालालाई टाइट राख्न र ग्लो कायम राख्न पनि मद्दत गर्छ । यसको जुस दिनहुँ छालामा लगाउनु पर्छ । यसका साथसाथै यसले छालाको कालोपन पनि हटाउँछ । यसको प्रयोगले चाउरी परेको दाग पनि हटाउँछ ।

प्रतिकृया