• ३ साउन २०८३, आइतबार
  • ३:१९ बेलुका

मोटरसाइकल चोरी गर्ने सात जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार ११:१८

बुटवल, रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार र कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का दीपक चौधरी रहेका छन् ।

रुपन्देहीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ। प्रहरीका अनुसार उनीहरुसहित चोरी भएका ६ वटा मोटरसाइकल बरामद गरिएको छ। उनीहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा विभिन्न मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेको छ। बरामद मोटरसाइकलसहित पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको रहेको प्रहरीले जनाएको छ।

Kamana Sewa

प्रतिकृया