• 12:00 pm

धर्म निरपेक्षता के हो? के यो र English शब्द सेक्युलेरिजम एउटै हो त? 

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार १२:२१

रीना भट्ट पाटन क्याम्पस राजनीति शास्त्र

धर्म निरपेक्षता बिषयमा आज नेपालमा बहसको श्रीजना भएको छ। धर्म निरपेक्षको बारेमा  नेपाली जनता र राजनीतिक नेतृत्व मा  केहीअलग किसिमको  सोचाइ पाइएको छ। जसले गर्दा एउटा सार्थक  जानकारी दिन आबश्यक मैले महसुस गरेको छु। सर्वप्रथम धर्म निरपेक्षता के हो सो बिषयमा जानकारी हामीलाई हुनै पर्छ। धर्म र निरपेक्ष दुई वटा शब्द मिलेर धर्म निरपेक्षता बनेको हो।

सबै भन्दा पहिला धर्म बारे बुझौ। धर्म को बिभिन्न मतलबहरू रहेको छ। धृती =धैर्य, क्ष क्षमा =माफ, दम =आत्म नियन्त्रण(मनको नियन्त्रण), अस्तेय महात्मा गान्धीको भनाइ अनुसार चोरी नगर्नु लाई अस्तेय भनिन्छ मन बचन कर्मले चोरी नगर्नु, सुचिता=सफाइ अर्थात् मन कर्म र बचनले शुद्ध हुनु तथा शारीरिक सुद्धी सहित शुद्ध हुनु, इन्द्रीय नियन्त्रण,घी =बुद्धी, बिध्या र बचनमा शूदद हुनु नै धर्म हो। यदि यी सबै कुराबाट बिरक्त हुनु, उदास हुनू वा अलग हुनु नै धर्म निरपेक्षता हो ।

अंगेँजी शब्द को Religion र भारोपेली शब्द को धर्मको अर्थ फरक रहेको छ भन्ने बुझ्न जरुरी रहेको छ।धर्म अन्तर्राष्ट्रिय शब्द होइन यो सिर्फ भारतीय शब्द हो। religion शब्द  बिश्वको शब्द हो। तसर्थ धर्म र  Religion शब्द मा फरक रहेको कुरा राजनीति शास्त्र ले जनाउदछ । त्यस्तो हो भने हाम्रो संबिघानमा उल्लेखीत, नेपाल र नेपालीको माझ सर्बोतम चर्चित बिषय धर्म निरपेक्षता के हो? यो जानकारी हुनु आबश्यक रहेको छ।

राज्य मानबले बनाएको संस्था हो तसर्थ मानब निर्मित राज्यले प्राचीन कालदेखि नै  बिश्वमा Religions बनायो जुन रिलिजन हिन्दु, क्रिस्चियन, मुस्लिम, शिख आदि हुन गयो। प्रारम्भिक अबस्थामा बिश्वमा रिलीजन ले राज्य ब्यबस्था संचालन गरिरहेको थियो। राज्यको उत्पति नै ईश्वरले गरेको हो तसर्थ राज्य संचालन गर्ने राजा अथवा शासक भनेको भगवान को प्रतिनिधि हो तसर्थ उसलाई सदैव भगवान मान्नुपर्छ भन्ने सिद्धान्त थियो।

जब दोस्रो बिश्व युद्ध पस्चात संसारको राजनीति ब्यबस्था मा लोककल्याणकारि राज्यको सिद्धान्तको प्रारम्भ भयो अनिमात्र लोकतान्त्रिक ब्यबस्था अनुसार लोक कल्याणकारी राज्य को स्थापनाको लागि महत्वपूर्ण तत्वको रूपमा secularism अर्थात् कुनै एक रिलीजन लाई राज्यले महत्व नदिने सबै रिलीजन लाई समान व्यवहार गर्ने वा सबै प्रति समान भाव र समान दुरी कायम गर्नुनै secularism हो भन्ने ब्यबस्था बिश्वको बिभीन्न राष्ट्हरूले गरे ।

यो सिद्धान्त सन 1951 तिर बिश्वमा कायम भएको थियो। तर पनि अझै संसारका कतिपय राष्ट्रले secularism लाई प्रयोग गरेका छैनन्। पाकिस्तान, इरान, अरबका कैयन राष्ट्रहरू आज पनि मुस्लिम राष्ट्रहरू छन्। तर यदि कुनै राष्ट्रले आफूलाई रिलिजनको आधारमा  राष्ट्रलाई हिन्दु मुस्लिम शिख इसाई धोषणा गरिन्छ भने त्यो  राज्यले secularism लाई मानेका छैनन् भन्ने कुरा बुझ्नु पर्छ। धर्म को नाममा शासकहरूले जनतालाई तर्साउने र शासन गर्ने भएको ले लोकतान्त्रिक ब्यबस्था वा प्रजातन्त्रको स्थापना पस्चात बिश्वले आ आफ्नो राष्ट्रलाई धर्म को वा रिलीजन को हस्तक्षेप बाट मुक्त गर्न र कुनै रिलीजन राज्यको हुँदैन भन्दै आफूलाई धर्म बाट अलग गरे।

एक धर्म लाई मात्र महत्त्व नदिई सबै धर्म प्रति समान भाव र दृष्टिकोण राख्नु नै धर्म निरपेक्षता हो भनेर बिश्वमा यो बिचारधारालाई परिभाषित गरिएको छ। जब भारत  नेपाल जस्ता राष्ट्हरूमा  गणतन्त्र पस्चात संविधान जारी भयो यस्तो अवस्थामा  रिलीजन लाई धर्म संग जोडी ब्याख्या गरियो। जसले हिन्दु धर्म मुस्लिम धर्म इसाई धर्म र शिख धर्म भनि नामकरण गरियो। यहाँ हामीले बुझ्नुपर्ने सबैभन्दा मुख्य कुरा भनेको धर्म के हो नै रहेको छ। मैले  यो लेखको प्रारम्भ मै  धर्म को ब्याख्या गरिसकेकी छु। धर्म एक मानब जीबनलाई अनुशासित बनाउने एउटा पद्धति हो जसमा धैर्य, अनुशासन, आत्मसुद्दी, आचरण ब्यबहार आदि पर्दछ यदि यी सबै धर्म वा पद्धति लाई निरपेक्ष कायम गरेर राज्य संचालन हुन सक्छ र? मानब जीवन चल्न सक्छ र? तसर्थ पश्चिमबाट सुरु भएको secularism लाई नेपाल र भारतले रिलीजन निरपेक्षता भन्ने नबुझेर धर्म निरपेक्षता भन्ने बुझे। जब भारतको संबिघानको बयालिसौ संशोधन भयो तब ईङलिसमा लेखेको संविधानलाई हिन्दीमा उल्था गर्ने क्रममा बल्ल भारतीय संबिघानबिद हरूले secularism को अर्थ खोज्ने प्रयासमा धर्म निरपेक्ष भन्ने कतै भेटिएन र उनीहरूले secularism को भारतिय शब्द पन्थनिरपेक्ष  भन्ने भेटे जसको कारण आज भारतको संविधानको प्रस्तावना न 2मा भारत एक पन्थ निरपेक्ष राज्य भनेर उल्लेख गरेको छ तर धर्म निरपेक्ष राज्य लेखिएको छैन तसर्थ यस अर्थमा नेपाल पनि धर्म निरपेक्ष राज्य नभएर पन्थ निरपेक्ष राज्य वा secular राज्य हो ।यदि भारत  र नेपाललाई धर्म निरपेक्ष भनेर राखिन्छ भने त्यस्तो अबस्था मा यि देश का मानब जातिले आफ्नो शाश्वत जीवन पद्धतिभित्र रहेको क्षमा, धैर्य, आत्म शुद्धि करण जस्तो प्रबृति बाट अलग हुने हो भने मानव जीवन दानब जीवनमा परिणत हुन्छ।

यदि  धर्मलाई हाम्रो जीवन बाट बाहिर निकाल्ने हो भने  हाम्रो जीवन पशु तुल्य हुन्थ्यो। धर्म लाई पुजा पद्धति मान्न सकिन्दैन धर्म भनेको मानबको जीवन पद्धति हो कुनै एउटालाई पुजा गर्ने भगवान मान्ने पद्धति लाई धर्म भन्न मिल्दैन यो मानब धर्म हो जसको माध्यमबाट हामी साचिकै भगवान समक्ष पुग्न सक्छौ यसबाट हामी निरपेक्ष हुन सक्दैनौ यो धर्म शब्द हामी हिन्दु मा मात्र लागु हुँदैन यो सम्पूर्ण मानव जातिमा लागु हुन्छ।

धर्म कस्तो हुनु पर्छ भन्ने कुराको ब्याख्या हिन्दुसभ्यता का ऋषिमुनिहरू ले संसार लाई  बताउनुभयो जसलाई गौतमबुद्ले अझ बढि प्रस्ट पारेका छन् पछि बिबेकानन्द महात्मा गान्धीले अझै फैलाउने काम गरे तसर्थ हिन्दुस्तान बाट प्रारम्भ भएको जीवन जीउने कला वा पद्धति लाई नै हिन्दु धर्म भनियो। तसर्थ बिश्वको जीवन पद्धति वा मानब जीवनको कला नै हिन्दू धर्म हो। यो हिन्दू धर्म लाई रिलीजन भन्न मिल्दैन किनभने यो रिलीजन को श्रेणीमा पर्दैन। रिलीजन भनेको सिर्फ इसाई, मुस्लिम, सिख,बुद्ध धर्म आदि मात्र हो।

भागवत गीतामा श्री कृष्णले भनेका छन् “जति पनि मार्ग मैले मानब द्वारा बनाउन लगाएको छु त्यो अन्तमा म तिरै आउँछ”। हिन्दु धर्म मा उल्लिखित मानब को जीवन पद्धति सिर्फ भारत र नेपालमा मात्र लागु हुँदैन यो चीन, जापान, पाकिस्तान, बङ्गलादेश, अमेरिका तथा युरोपेली मुलुकहरूमा पनि लागु हुन्छ। यिनै शाश्वत मुल्य र मान्यता को आधारमा सबै बाचि रहेका छन्। यसलाई नै मानब धर्म भनिन्छ जसलाई हिन्दु सभ्यता ले प्रतिपादित गरेको ले यो हिन्दू मात्र धर्म हो अरू सबै रिलीजन हरू हुन् तसर्थ रिलीजन लाई राज्यले मान्नु हुन्न भन्ने जुन सिद्धान्त बिश्वमा ब्याप्त छ  त्यो नै secularism वा पन्थ निरपेक्षता हो। नेपालले धर्म निरपेक्षता होइन पन्थ निरपेक्षतालाई आफ्नो संविधान को प्रस्तावनामा उल्लेख गरेको छ। हिन्दु धर्म हो यो पन्थ होइन। मुस्लिम इसाई र शिख रिलीजन हो जसलाई पन्थ भन्न सकिन्छ अर्थात्  “बाटो “जसको माध्यमबाट भगवान कहाँ पुग्न सकिन्छ भने त्यो  नै पन्थ हो। रिलीजन को माध्यमबाट भगवान समक्ष पुग्ने बाटो नै पन्थहो।

हिन्दु धर्म रिलीजन वा पन्थ होइन भन्ने पुष्टि निम्न चार वटा तत्वहरू ले गर्दछ। (१)कुनै पनि रिलीजन को एउटा प्रबर्तक हुन्छ जो भन्दा कोही ठूलो हुँदैन।( २)त्यो प्रबर्तकको बारे एउटा ग्रन्थ हुन्छ जसलाई सबैले मान्छन्। (३)रिलिजन लाई अगाडि बढाउन एउटा पुजा पद्धति को निर्माण भऐको हुन्छ। (४)एउटा स्थान लाई  पुजा गर्ने प्रमुख स्थान तोकेको हुन्छ । उदाहरणको लागि, मुस्लिम रिलिजन: प्रबर्तक पैगम्बर मोहम्मद,ग्रन्थ कुरान, पद्धति नमाज,  महत्वपूर्ण पुजा स्थान मक्का मदिना। इसाई रिलीजन: प्रबर्तक जीजस क्राईष्ट, ग्रन्थ बाइबल, पुजा पद्धति चर्च मा मैनबत्ती बाल्नु,  मूख्य स्थान रोम जेरुसलम।                                बुद्धिस्ट :प्रबर्तक गौतम बुद्ध,ग्रन्थ घम्पद, पुजा पद्धति ध्यान , मूख्य स्थान लुम्बिनी। शिख रिलीजन : प्रबर्तक गुरूनानक, ग्रन्थ गुरू ग्रन्थ साहेब, पुजा पद्धति अरदास, मुख्य स्थान स्वर्ण मन्दिर अमृतसर।   यसरी रिलीजनमा यी चार कुराहरू सबैमा पाइन्छ। तर हिन्दु धर्ममा यी चार कुरा पाइन्दैन। यो धर्म हो पन्थ होइन यसका धेरै भगबान छन्, ग्रन्थ पनि धेरै छन् पुजा गर्ने तरिका पनि धेरै छन् र स्थान पनि धेरै छन्। तसर्थ यो अरू जस्तो रिलिजन होइन र पन्थ पनि होइन।

यो सिर्फ मानब जीवन पद्धति हो। यसरी हिन्दु धर्ममा रिलीजन को जस्तो चारवटा बिशेषता नपाउने हुदां यो रिलिजन होइन। धर्म सिर्फ हिन्दु मात्र हो तसर्थ राज्यले रिलीजन मान्नु हून्न भन्ने जुन सिद्धान्त बिश्व मा देखियो त्यो नै secularism हो। पन्थ वा रिलिजन लाई माने पनि नमाने पनि मानब जीवनमा फरक पर्दैन तर धर्म मानबले मान्नै पर्छ। धर्म बिनाको मानबजीबन पशु तुल्य हो। तसर्थ हामी पन्थ निरपेक्ष हुन सक्छौ तर धर्म निरपेक्ष हुन सक्दैनौ। यदि हामीले जब हाम्रो जीवन पद्धति  भुलेर आफू लाई  मन नपर्ने फरक धारका रिलीजन माथि प्रहार गर्छौ र बिरोध गर्छौ भने त्यो अबस्थामा हामी धर्म निरपेक्ष हुन सक्छौ। अर्को समुहको बिरोध गर्दै कुनै एक ब्यक्ती को शासन व्यवस्था लाई धर्म को आडमा खडा गर्ने प्रयास हुन्छ भने त्यो भनेको मानब जीवन पद्धति लाई लत्याई दानब जीवन रोज्नु नै धर्म निरपेक्षता हो। जसलाई बिश्वको कुनै पनि राष्ट्रले आफ्नो संविधानमा उल्लेख गरेको छैन सिर्फ नेपाल राष्ट्र को संबिघानमा मात्र उल्लेख गरेको छ जसलाई कसरी ब्याख्या गर्ने हो संबिघान निर्माण गर्ने हरूले सोच्नु जरुरी रहेको छ।

प्रतिकृया