• ४ साउन २०८३, सोमबार
  • ४:१२ बिहान

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

प्रकाशित मिति

२०७९ आश्विन ११ गते, मंगलवार ०८:४३

११ असोज २०७९, काठमाडौँ : आज बडादसैँको दोस्रो दिन । शक्तिकी देवी ब्रह्मचारिणी आराधना गरि मनाइन्छ । तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको शास्त्रमा उल्लेख छ । ब्रह्मचारिणीलाई शक्तिकी देवी दुर्गाको दोस्रो स्वरूपका रूपमा लिइछ ।


दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

Kamana Sewa

सेतो कपडा लागाकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ । यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभ कार्यमा गरिने कन्या पुजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्या पूजाका लागि योग्य भएको लोकोक्ति छ ।

Classic Tech Desktop

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नवरात्रभर देशका विभिन्न शक्ति पीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेष गरी काठमाडौँको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलान्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभरा, धरानको दन्त काली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।

प्रतिकृया