• ०६:५८ २०८१ बैशाख ७ गते
  • 6:58 am

काठमाडौं उपत्यकामा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण हुने

प्रकाशित मिति

२०७९ आश्विन ११ गते, मंगलवार ०८:१७

khasi

११ असोज २०७९, काठमाडौँ : दसैं नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ ।


पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ । कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

प्रतिकृया