• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

‘व्यक्तिगत हावीलाई रोकी संस्थागत रुपमा लैजानको लागि मेरो उम्मेदवारी’– सुनिल ठकुरी

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार ०५:०३

२६ भाद्र २०७९, काठमाडौंः भक्तपुर, सुर्य बिनायक–३ निवासी सुनिल ठकुरी क्षेत्र न. २ बाट प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यमा सिफारिस भएका छन् । २०२५ सालमा जन्मेका उनले स्नातक तह उत्तिर्ण गरेका छन् । उनको पारिवारीक पृष्ठभूमिको कुरा गर्दा बुबा तथा काकाद्वारा देश र पार्टीका लागि योगदान रहेको छ । बुबा ५ बर्ष जिल्ला सभापति र काका कृष्ण बहादुर १७ साल काण्डमा ६ बर्ष जेल जीवन निर्वाह गरेका थिए ।


उनी भन्दछन्, “देशमा युवाहरूको लहर चलिरहेको छ, पुराना व्यक्तीहरूले मात्रै टिकट पाउने प्रक्रियाले युवाहरूको राजनीति प्रतिको आकर्षण घटेको छ। यही बेथितीको अन्त्य गर्न पनि मेरो उम्मेदवारी हो”। पार्टीको बेथिती, व्यक्तिगत हावी हटाइ संस्थागत रूपमा लैजानको लागि उनले आफ्नो उम्मेदवारी दिएको बताए। उनले पार्टीमा व्यक्ति ठूलो नभएर पार्टी सर्वेसर्वा हुने बताए । स्थानीय तहमा भ्रष्टाचार बढ्दो रहेको र त्यसलाई न्युनीकरण गर्ने उनको उद्देश्य रहेको बताए । त्यसैगरी राष्ट्रिय तहमा युवाहरूको उपस्थिति बढाई पार्टीप्रति विश्वास र समावेशी गराउनु पर्ने पनि बताए ।

Kamana Sewa

उनको व्यक्तिगत पृष्ठभूमि र्हेदा उनको ३६ साल स्कुल जिवनमा नेपाली विधार्थी संघको सदस्यका रुपमा रहेका थिए । ४२ सालमा सतयाग्रहमा ७ महिना जेल जीवन भोगेका थिए । उनी ४८ सालमा ने.वि संघ जिल्ला सह सचिव तथा ५३ सालमा नेपाली कङ्ग्रेस कृयाशिल सदस्य ग्रहण गरेका थिए । ६२/६३ को आन्दोलनमा मरणसन्न घाइते समेत भएका उनी सक्रियता पुर्ब निरन्तर पार्टीको कृयाकलापमा सहभागी भइ जिल्ला प्रचार बिभागको सचिवका रुपमा रहेका थिए । अहिल्य उनी तरुण दल जिल्ला प्रमुख सल्लाहकारका रुपमा रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया