राष्ट्रिय नागरिक विकास समाज तथा ग्लोबल फ्रेण्डशिप फाउण्डेशनको विशेष सम्मान समारोह सम्पन्न
प्रकाशित मिति
२०७९ भाद्र २६ गते, आईतवार ०३:१७
२६ भाद्र २०७९, काठमाडौँ: गत शुक्रवार काठमाडौंमा राष्ट्रिय शिक्षा तथा बाल दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाज तथा ग्लोबल फ्रेण्डशिप फाउण्डेले विशेष सम्मान समर्पण समारोह २०७९ आयोजना गरेको थियो। प्रज्ञा प्रतिष्ठानमा विविद विधामा सम्मान गरेको थियो । कर्यक्रमको प्रमुख अतिथिमा प्रथम उपराष्ट्रपति परमानन्द झा तथा विशेष अतिथिमा भिमसेन दास प्रधान रहेका थिए । साथै सभापतिमा राष्ट्रिय नागरिक समाजका अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिव महेश जंग कुँवर रहेका थिए ।
मानार्थ सम्मानमा वरिष्ठ आयुर्वेदिक उपचारक विशेषज्ञ तथा सामाजिक अभियन्ता राजन प्रसाद घिमिरे रहेका छन् । विगत लामो समयदेखि निरन्तर रुपमा आयुर्वेद उपचारक तथा नागरिकको सेवामा समर्पित हुँदै आएको वरिष्ठ आयुर्वेदिक उपचारक विशेषज्ञ तथा सामाजिक अभियन्ता पनि हुन् । लागुऔषध विरुद्धको अभियानमा समर्पित हुँदै आएका रिह्याब स्पेिशलिष्ट निर्देशक, नार्कोनन् नेपालका पूजा कुंवर पनि सम्मानित भएका थिए । लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ समाज सेवाको क्षेत्रमा सक्रिय रहँदै आएका वरिष्ठ सामाजिक अभियन्ता तारा प्रसाद त्रिपाठी, वरिष्ठ व्यवसायी तथा सामाजिक अभियन्ता राजु श्रेष्ठ, वरिष्ठ शिक्षासेवी तथा समाजसेवी कुमुद छतकुली भट्ट, शिव कम्युनिटी चिल्ड्रेन वेलफेयर सोसाईटीका अध्यक्ष ओम शंकर श्रेष्ठ,व्यवसायी तथा समाजसेवी धादिङका नवराज धमला, व्यवसायी तथा समाजसेवी रसुवा सबंधी रुद्र प्रसाद लामिछाने, लगायतलाई सम्मानित गरिएको थियो ।






प्रतिकृया