• १ असोज २०८३, बिहीबार
  • ५ः२४ बेलुका

शेयर बजारमा ११ अंकको गिरावट

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार ०५:२०

२६ भाद्र २०७९, काठमाडौंः साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यसदिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

National Life

आइतबार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ। जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।


आइतबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४.५६ प्रतिशत बढेको छ। सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। तर, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिब ४ करोडको शेयर कारोबार भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया