• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण २२ गते, आईतवार ०७:१२

२२ साउन २०७९, काठमाडौँ : कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आचार्यको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया