• १६ साउन २०८३, शनिबार
  • ११:०२ बिहान

जुलाई ३० मा दोस्रो डब्लु.बि.सि राष्ट्रिय च्याम्पियन प्रतियोगिताको आयोजना गर्ने, विजेतालाई ८० हजार पुरस्कार

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०३:२२

१३ असार २०७९ काठमाडौंः डब्लु.बि.सि.मोइ थाईले आगामी जुलाई ३० मा दोस्रो डब्लु.बि.सि. राष्ट्रिय च्याम्पियन प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिता भने काठमाडौंको गल्फुटारमा रहेको अनुप्रस्थ ब्यांक्वेट हुने जनाईएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अन्तराष्ट्रिय मान्यतासहितको डब्लु.बि.सि.मोई थाईको बेल्ट, मेडल तथा प्रमाणपत्रसहित दोस्रो डब्लु.बि.सि. राष्ट्रिय च्याम्पियन प्रतियोगिताको आयोजना गर्नेबारे जानकारी दिइएको हो ।


डब्लु.बि.सि.ले यो राष्ट्रिय प्रतियोगिता महिला खेलाडी डब्लु.बि.सि.मोई थाई राष्ट्रिय बेल्टका लागि भएको जानकारी पनि दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजु राईले च्याम्पियन प्रतियोगितामा प्रथम हुनेले ८० हजार रुपैयाँ र सहभागी खेलाडीहरुलाई पनि नगद २४ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

Kamana Sewa

डब्लु.बि.सि.मोई थाई वल्र्ड गेम आगामी अगष्ट १२ देखि १४ तारिखमा क्यानडामा हुने जानकारी दिँदै उक्त गेममा नेपालबाट दुई जना खेलाडीहरु गेन्जी राई र प्राप्ती बताससहित आधिकारिक बोर्ड सदस्य सहभागी हुने जनाईएको छ । ‘डब्लु.बि.सि.मोई थाई २००४ मा थाईल्याण्डको बैंककमा विश्व बक्सिङ परिषद अन्तर्गत विश्वभर प्रोफेसनल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो ।’ राईले भने,‘नेपालका खेलाडी तथा युवाहरुलाई यस खेल प्रति प्रेरित गर्ने र यस खेलका फाइदाहरु बारे जानकारी गराउने, शीर्ष खेलाडीहरुलाई अन्तराष्ट्रिय जगतमा सहभागी गराउने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको हो ।’

Classic Tech Desktop

उनले आफ्नो संस्था नेपालमा मोइ थाई खेलको विकास एंव मोइ थाई खेल संस्कारको प्रबन्धन गर्ने उद्देश्यले स्थापना भएको पनि दाबी गरे । कार्यक्रममा संस्थाको पदाधिकारीहरुलाई प्रमाणपत्र र सम्मानपत्र वितरण गरिएको थियो । कार्यक्रमबाट सल्लाहकार विमल शर्मा, सुर्दशन गिरीलगायत सम्मानित भएका थिए ।


यसको प्रधान कार्यालय थाइल्याण्डको बैंककमा रहेको छ । उक्त खेलको सम्पुर्ण नीतिरनियमहरु खेल प्राधिकरण थाईल्यान्डले नै निर्धारण गर्दै आएको जनाईएको छ । नेपालमा भने यो संस्था बुढानिलकण्ठ नगरपालिका–५ डाँडागाउँमा रहेको छ।

प्रतिकृया