यस्तो छ, मध्यपुर ठिमी वडा नम्बर २ को वडा अध्यक्ष उम्मेदवार श्रीकृष्ण श्रेष्ठको प्रतिबधता
प्रकाशित मिति
२०७९ बैशाख २५ गते, आईतवार ०६:२८
सुवास कुँवार, २५ बैशाख २०७९, काठमाडौँ : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस मध्यपुर ठिमी वडा नम्बर २ को वडा अध्यक्ष पदमा युवा नेता श्रीकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी लोकतन्त्र, प्रजातन्त्रमा विश्वास राख्ने नेता हुन् ।
युवा नेता श्रीकृष्ण श्रेष्ठको राजनीतिक सम्लग्नता
नेविसंघ सानोठिमी क्याम्पस उपसभापति २०५३ स्ववियु उम्मेदवार उपसभापति सानोठिमी क्याम्पस नेविसंघ जिल्ला सदस्य भक्तपुर २०५५ तरुण दल जिल्ला अध्यक्ष भक्तपुर २०५९/ २०६२/ २०६३ जनाअन्दोलन उपत्यका परिचालन समिति ८१२औँ महाधिवेसन, २ नम्बर वडा इकाइ सभापती ८१४औँ महाधिवेसन प्रदेशसभा सदस्य भएको थिए ।

सामाजिक संलग्नता
ठिमी जेसिज अध्यक्ष सन २००७ रेयुकाइ नेपाल मध्यपुर उपशाखा संस्थापक २०५३ अध्यक्ष निचिरेन शोसु अध्यात्मिक संस्था नेपाल अध्यक्ष आदर्श मा.वि विद्यालय व्यवस्थापन समिति समेत भएर काम गरिसकेका छन् । श्रेष्ठ लोकतन्त्रवादी समाजसेवी अग्रज अभिभावकहरूको सान्निध्यमा हुर्किएका एक कुशल युवा कलिलै उमेरदेखि राजनीतिक तथा सामाजिक कार्यमा पूर्णकालीन सक्रिय कुशल एवं जुझारु युवा नेता हुन् ।

श्रेष्ठको प्रतिबधताहरु
१. सहरी स्वास्थ्य केन्द्र संचालन गरिने ९ प्रयोगशाला सहितको जेष्ठ नागरीक सेवा केन्द्र संचालन गरिने ।
२. वडा क्षेत्र भित्रका घरहरूमा २० युनिट भन्दा कम विद्युत खपत गर्ने उपभोक्तहरुका लागि वडाले नि:शुल्क व्यवस्था गर्ने ।
३. सामुदायक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको व्यवस्था गरिने ।
४. सीपमूलक तालिम संचालन गरिने । तालिम संचालनका लागि प्राप्त संघ संस्थासँग समन्वय गर्ने ।
५. सार्वजनिक शौचालय निर्माण गर्ने ।
६. वडा क्षेत्र भित्र सडक बत्तीको व्यवस्था गर्ने ।
७. खानेपानीको व्यवस्थापन प्राथमिकताका साथ गरिने ।
८. कालाडोल क्षेत्रको समस्यालाई बिशेष योजना सहित समाधान गरिने । नक्सा पास तथा घर निर्माण सम्पन्नका लागि विशेष सहजीकरणको व्यवस्था गरिने ।
९. ढल व्यवस्थापनका लागि व्यवस्था गरिने । फोहोर व्यवस्थापन गर्ने ।
१०. वडा क्षेत्र भित्र सौन्दर्य विकासका कार्यहरू गरिने । नाट्यश्वरी पार्कलाई पूर्णता दिइने ।
११. मापदण्ड अनुरूपको बाटोहरुलाई विस्तार गरिनेछ ।




प्रतिकृया