• २१ जेठ २०८३, बिहीबार
  • ५:३७ बिहान

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय सकियो

प्रकाशित मिति

२०७८ पुष १४ गते, बुधबार ०१:३२

१४ पुस २०७८,काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई छलफल गर्न छुट्याइएको समय सकिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार झण्डै १७ सय प्रतिनिधिहरुलाई समूहगत रुपमा छलफल गर्न समय तोकिएको थियो ।


मंगलबारका लागि छुट्याएको समयमा केही समुहले छलफल नसकेपछि बुधबार दिउँसो १२ बजे सम्मलाई समय थप गरिएको थियो ।

Kamana Sewa

महाधिवेशन प्रतिनिधिहरूलाई प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समुह बनाइएको थियो । उक्त समुहमा प्रतिवेदनमाथि राखेका सुझावलाई संकलन गरेर समुहका नेताले बन्द सत्रमा पेश गर्नेछन् । त्यसका लागि प्रत्येक टोली नेतालाई १५ मिनेटको समय तय भएको छ । बुधबार १ बजेदेखि समुहका नेताले आएका सुझावलाई समेटेर बन्दसत्र स्थल प्रज्ञा भवनको हलमा सुझाव पेश गर्नेछन् ।

Classic Tech Desktop

उनीहरुको सुझावलाई समेत समेटेर अध्यक्ष प्रचण्डले पुन दस्तावेजलाई पूर्णता दिनेछन् ।

प्रतिकृया