अन्तर्राष्ट्रिय सम्बन्धमा indo Pacific के हो ? र यसमा नेपालको भुमिका
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ०३:५७
रीना भट्ट ।

आधुनिक बिश्वका सबै राष्ट्रहरू आफूलाई अन्य राष्ट्रको अगाडि शक्तिशाली आर्थिक रुपमा र राजनीतिक रुपमा बनाउन चाहन्छन् र सोही चाहना अनुरूप एक अर्का संग ब्यबहार गर्ने गर्दछन ।
हालको बिश्व अर्थतन्त्रमा चीन सबैभन्दा शक्तिशाली राष्ट्र भएर अगाडि आएको छ। चाईनीज सामान लेआज बिश्व बजार भरिएको छ जो सस्तो छ र राम्रो पनि छ। अमेरिकामा बेलायत फ्रान्स र युरोपेली राष्ट् हरू जस्तो शक्तिशाली राष्ट्र हरु आज आएर आर्थिक रूपले खस्किदै गइरहेका छन् आज बिश्व बजारमा पश्चिमी राष्ट्रहरू भन्दा पूबेली राष्ट्र हरू आर्थिक रुपमा सम्पन्न र शक्तिशाली देखिन्छन् यसरी भन्नु पर्दा युरोपेली अमेरिकी महाद्दिप भन्दा एसियाली महाद्दिपका राष्ट्र हरू आर्थिक रुपमा शक्तिशाली हुदै आएका छन जसमा चीन जापान त थिए थिए अब भारत पनि आर्थिकरुपमा समपन्नता को मार्ग मा अगाडि बढ्न लागि रहेको छ। यी सबै कुरा को सम्भब सिर्फ हबाई मार्ग र रोड मार्ग मार्फत मात्र नभई जलमार्ग सबै भन्दा छिटो र सुपथ वा सस्तो भएको ले बिश्वको राष्ट्रहरूले समुद्री मार्ग बाटै आ आफ्नो देशको ब्यापार संचालन गरिरहेका छन्। अब कुरा आऊछन indo Pacific को ।

indo भनेको Indian ocean र Pacific भनेको Pacific ocean हो। Indian ocean र Pacific ocean मिलेर नै indo Pacific बनेको हो। pasiffic ocean को नजिक अमेरिका र युरोपेली मुलुक छन् भने Indian ocean को नजिक भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरू छन्। अब कुरा के आउँछ भने यो Indian ocean र Pacific ocean का केही भाग अमेरिका को नजिक छ भने केही भाग Eastern African coast बाट सुरु भएर South China Sea सम्म पर्छ जस्मा आसियानका राष्ट्रहरू पर्छन् र आसियानका का बिबादित राष्ट्रहरु पर्छन् जसको पेट्रोलियम पदार्थको आपूर्ति बाट आर्थिक लाभ प्राप्त हुन्छ। यसरी बिश्वको नक्सामा भएका यी सम्पूर्ण समुद्री किनारमा रहेका नजिक का राष्ट्रहरू बिच ब्यापारीक सम्बन्ध रहेको छ। यस्तो किसिमको बिश्वको नक्सामा दोस्रो बिश्व युद्ध पश्चात् चिनले यी समुद्रका अधिकांश स्थानमा आफ्नो जहाज हरु राखेर आफ्नो स्थान सुरक्षित गर्दै अधिकांश क्षेत्रमा आफ्नो कब्जा जमाई ब्यापार बिस्तार गरी रहेको छ।
South China sea ग्यास तेल आदि ले अन्तराष्ट्रिय महत्वपूर्ण स्थान Red Sea, Gulf of Adam, Persian sea, Maldives आदिमा चीन को हस्तक्षेप छ जहाँ को सरकार परिवर्तन देखि अन्य बिषयमा नी चाइनाको हस्तक्षेप नै देखिन्छ। यो क्षेत्रमा हाइड्रोकार्बन पाइने हुदा यसमा चीनले धेरै कुरा मा फाइदा लिइ रहेको छ। यति मात्र नभएर चिन ले INDIAN OCEAN मा समेत आफ्नो जहाज हरूलाई प्रसस्त तैनाथ राखेको र अझै पनि बढाउन सक्ने सम्भावना रहेको ले INDIAN OCEAN नजिकको शक्तिशाली राष्ट्रको रूपमा उदाऊदै गएको राष्ट् भारत भएको ले समुद्र यो किनारमा भारतीय भुमी हुदा यो क्षेत्रमा भारतको रेखदेख र सम्पूर्ण समुद्रमा बिश्वको सम्पूर्ण राष्ट्र हरूले निर्बाध रुपमा प्रयोग गर्न पाउनु पर्छ र समुद्र खुला भएन भने अरू राष्ट्रले राम्रो संग ब्यापार गर्न पाउदैन भन्ने उद्देश्य लिएर यो Indian ocean र Pacific ocean लाई अमेरिका ले खुला समुद्र जहाँ बिश्वको सबै राष्ट्रका आ आफ्नो जहाज ले ब्यापार संचालन गरि आर्थिक रूपमा सक्षम बन्ने अधिकार हुन्छ भन्दै Pacific command लाई नयाँ नाम दिएर indo-pacific Region बनायो । सर्वप्रथम अमेरिका ले Pacific command हुदा चारलाख अमेरिकी जल सेना Pacific ocean लाई संरक्षण गर्न बनाईएको थियो।
अमेरिका बिश्वको शक्तिशाली राष्ट्र आफूलाई बनाउन चाहन्छ र पहिला उ शक्तिशाली राष्ट्र नै थियो तर जब अमेरिकी आर्थिक स्थिति खस्कदै गयो र चीन बिश्वको आर्थिक रुपमा सम्पन्न र अमेरिकी सिद्धान्त पुँजीबाद को महा दुस्मन साम्यवादी राष्ट्र जसको आर्थिक स्थिति अत्यन्त उच्च भएको, आर्थिक अबस्थामा बृद्धि हुदै गईरहेको, ब्यापारीक बिस्तार बाट बिश्वको अन्य राष्ट्रहरू लाई infrastructure development को नाममा सानो राष्ट्र लाई सहयोग गर्ने र ति साना राष्ट्र हरूले रकम तिर्नै नसके पछि यो बिषयलाई मुख्य हतियार बनाएर साना राष्ट्रहरुमा आफ्नो बरचस्व बढाउदै आर्थिक उपनिबेश बनाउदै बिश्वकै शक्तिशाली राष्ट्र बन्नेछ भन्ने डर र भविष्यमा चीन संग प्रतिरोध गर्न सकिन्दैन भनेर अमेरिकाले हिन्द महासागर का वरिपरिका राष्ट्रहरू लाई समेटेर indo- pacific Region बनाएको हो । पहिला यसमा अमेरिका भारत जापान र अस्ट्रेलिया थियो। पछी अस्ट्रेलियाको प्रमुख ब्यापारीक सम्बन्ध नै चीन संग हुदा उसले बस्न आनाकानी गर्यो।
pacific क्षेत्रको नाम Asia pacific थियो जसमा अमेरिका, चीन, कोरिया, जापान र अस्ट्रेलिया जस्ता राष्ट्हरू का भुमी नजिक रहेको थियो। indian ocean नजिक रहेको राष्ट्र भारत मात्र एउटा शक्तिशाली राष्ट्र छ जसले चाईनाको बढ्दो प्रभाव लाई कम गर्न सक्छ भन्ने कुरामा बिचार् गरेर अमेरिका ले भारतलाई चीन को बिरुद्द परिचालन गर्ने उद्देश्यले indo-pacific command बनाएर भारत लाई सहयोग गर्दै भारतको बिकाश लाई हेरेर चीन लाई नियन्त्रण यसले बाहेक कसैले गर्दैन भनेर अमेरिका भारत संग नजिकदै यो indo pacific Region बनाएको हो ।यसरी एकातिर चीन यी समुद्री अधिकार प्राप्त गर्न आफ्नो छिमेकी देश बाट टाढिदै रुस संग सम्बन्ध राख्ने तयारीमा रहेको छ भने अर्को तिर भारतीय रबैयाहरूले पनि छिमेकी लाई टाढा बनाएको छ र उ पनि अमेरिका संग नजिकीएको छ। अमेरिकाले indian ocean नजिकका राष्ट्रहरू लाई समेटेर indo-pacific groupबनाएको छ जसमा भारत, श्रीलङ्का, माल्दिभ्स अमेरिका आदि राष्ट्हरू रहेका छन् । यो समूहमा हाल आएर नेपाल पनि सम्मिलित छ भन्ने सुन्न आएको छ। त्यो कतिको सत्य हो हेर्न बाकी रहेको छ।
अन्तर्राष्ट्रिय राजनीतिमा चीनको रणनीति
(1)south China Sea लाई पूर्ण रूपमा कब्जा गर्दै ब्यापारीक दृष्टिले महत्वपूर्ण स्थान हरू मा आफ्नो आधिपत्य जमाउन सफल। पेट्रोलियम पदार्थ र अन्य खनीज पदार्थमा आधिपत्य जमाउन सफल।
(2)infrastructure development को नाममा साना साना राष्ट्र हरूलाई आर्थिक सहयोग दिदै उनीहरू लाई आफ्नो हितका लागि प्रयोग गर्न सफल।
(3)चीनले south chaina Sea लाई अन्तर्राष्ट्रिय अदालतको निर्णय लाई लत्याई आफूखुसी प्रयोग गरिरहेको छ।
समुद्रमा बमद्वारा कृत्रिम टापुको निर्माण कार्य सम्पन्न गर्दै सैनिक शक्ति लाई बिस्तार गरीरहेको छ। फाईटर प्लेन दुई तीन धन्टा भन्दा बढी उडेर काम गर्न नसक्ने हुदा ठाउँमा ठाउँमा सैनिक क्याम्प बनिसकेको छ जसबाट उसले आफ्नो शक्ति प्रदर्शन गर्न सक्दछ।
(4)चीनले one road one belt को माध्यमबाट नी indian ocean को वरपर रहेका बन्दरगाह मा कब्जा गरीरहेको छ जसमा म्यानमार पाकिस्तान र श्रीलङ्का को बन्दरगाह प्रयोग गरेर ठाउँ ठाउँमा आर्थिक सहयोग र सहकार्य गर्दै भविष्यमा ती स्थानमा सैनिक इलाका बनाउने उद्देश्यले अधि बढ्दै छ।
(5) भारत आजको बिश्वमा आर्थिक समृद्धी को मार्गमा अग्रसर भएको कारणले र अन्य कारणले चीन संग शक्तिसन्तुलन राख्न सक्ने राष्ट्र हूनाले भारत संग एकातिर आफ्नो ब्यापारीक सम्बन्ध सुधार गर्न भन्दै चिनियाँ लगानी लाई बृद्धि गर्न चाहेको बताउदै आएको छ भने अर्को तिर भारतको दुस्मन देश पाकिस्तानलाई सहयोग गर्दै अन्तराष्ट्रिय आतंकबादी गतिविधि गर्ने लाई निस्तेज पार्ने काम मा सहयोग नगरिरहेको छ।
(6)चीनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय राजनीति भनेको आर्थिक बिकाश मार्फत बिश्वको सरबश्रेष्ठ राष्ट्र बन्दै बिश्वको सम्पूर्ण राष्ट्र हरूलाई आफू प्रति निर्भर बनाउदै साम्यवाद र जनबाद मार्फत सबै बिश्वलाई एउटै सिद्धान्तमा चलाउने रणनीति रहेको छ।
अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकी रणनीति
(1) बिश्वको शक्तिशाली राष्ट्र को पहिचान लाइ चिन बाट खतरा रहेको ले र चीन सैद्दान्तिक रूपमा बिपरित हुनाले चीनलाई निस्तेज बनाउने उद्देश्य।
(2) आफ्नो हतियार बनाउने ब्यापार लाई सुदृढ गराउन लाई यो क्षेत्रमा चीन संग सबै राष्ट्रको दुश्मनी श्रीजना गरि हतियार बेचबिखन गर्ने रणनीति।
(3)तनाव को स्थिति यो स्थानमा श्रीजना गरेर बढ्दै गइरहेको एसियाली आर्थिक बिकाश लाई निस्तेज पार्ने र आफ्नो राष्ट्रलाई पहिला को जस्तो शक्तिशाली राष्ट्र देखाउन लालायित।
(4)एसिया युरोप र अमेरिका जस्तो शक्तिशाली नबनोस् भनेर इरान माथि आक्रमण गरी ईरानी तेल लाई ध्वस्त बनाउन सकियो भने त्यहाँ को तेल भारतमा आएन पाउदैन र नगाि राष्ट्रमा आफ्नो प्रभाव भएमा चीन र भारत दुवै देशलाई आर्थिक बिकाश मा अबरोध श्रीजना गर्ने ।
(5)अमेरिकी राष्ट्रपति भारत र चीन को बिश्वमा बढ्दो प्रभाव लाई रोक्न चाहन्छ।अमेरिका चीन मात्र होइन भारत को नी बिरोधी हो। बिश्वमा राजनेता को रूपमा मोदी को उदय हिन्दुत्व र संस्कृतिको बिश्वमा प्रचारप्रसार आदि बाट दिग्दार भै भारतमा पनि युद्ध को अबस्था बनाई शक्तिशाली र आर्थिक विकास भएको राष्ट्र बन्न रोक लगाउने उद्देश्य।।
यसरी indo pacific Region मार्फत यो क्षेत्रमा सधैं तनाव श्रीजना गरि हात हतियार को ब्यापार लाई बृद्धि गरि आफ्नो आर्थिक गिरावट लाई उकास्ने प्रयास ले यो समूह को निर्माण गरेको हो । रूस संग भारत र चीनको राम्रो सम्बन्ध लाई नराम्रो सम्बन्ध मा परिणत गराउदै भारत र चीन को ठूलो ब्यापारीक सम्बन्ध लाई रोक्न लाई अमेरिका लाई टाढा रहेको कारण गाह्रो हूने हुदां अमेरिका अब चीन र भारत को बिचको भुभाग नेपाल लाई प्रयोग गरेर दुबै देशको निगरानी सुरु गर्न अमेरिकन हरूलाई नेपाल मा सकृय बनाउन चाहन्छ। जसको लागि उसले यो indo pacific बाट नेपाल लाई यो समूह मा राखेर अगाडि बढ्ने सोच राखेको छ। यदि नेपालका नेतृत्व तहलाई प्रभावित पारेर भारत र चीन दुबै लाई रोक्न लाई नेपाली भुमी मा अमेरिकी सकृयता बढायो भने यसले नेपाल र नेपाली को अस्तित्व नै खतरामा पार्न सक्छ। यो बिषयमा अहिले को सरकार ले सानो भन्दा सानो गल्ती गर्छ भने त्यसले देशलाई ठूलो हानी गर्छ जसको आकलन कसैले गर्न सक्दैन। जसरी मानिस ले अरू जे गरे नी छिमेकी संग नराम्रो सम्बन्ध राख्छ भने उसले जीवनभरी नै तनाव झेलनु पर्छ भने झै राज्यले पनि आफ्ना छिमेकीहरू संग राम्रो सम्बन्ध राख्नै पर्छ।
अहिले हामी ले हाम्रो छिमेकी मुलुक भारत र चीन दुबै संग सम्बन्ध लाई सुधारेर अगाडि बढ्नु पर्छ।बाच्न को लागि भए पनि भारत र चीन दुबै संग सम्बन्ध लाई सुधारेर अगाडि बढ्नु पर्छ। अहिले हामी ले हाम्रो छिमेकी मुलुक भारत र चीन दुबै लाई खुशी बनाएर परराष्ट्र सम्बन्धलाई राम्रो तथा मजबुत बनाई छिमेकी को सहयोगमा नेपाल लाई बिकाश मार्फत बिश्वको राष्ट्हरू मा चिनाउन सक्नु पर्छ। 1956 देखि हालसम्म करिब 700 अर्ब डलर भन्दा बढी सहयोग युरोप र अमेरिका ले दिएर नेपाल मा आफ्नो प्रभाव विस्तार गर्न भनेरै लागि परेको छ।नेपालका बौद्धिक जमातहरू यदि नेपालमै बसे भने आफ्नो रण सफल नहुने सोचेर नै नेपालमा अमेरिका ले DV प्रणाली भित्र्याएको हो। शिक्षीत नेपाली जनता ले अमेरिकी स्वार्थ पूरा गर्न दिँदैन भनेर नै नेपाली जनता लाई DV लगायतका अन्य सुविधा उपलब्ध गराउन लागेको बताउदै आफ्नो राष्ट्र को हितमा प्रयोग गर्यो।
हाम्रो देश ले शिक्षा तर्फ गरेको लगानी लाई पानीमा मिलाउने काम भयो र अधिकांश देशका शिक्षित बर्ग लाई अमेरिका लग्यो हुनत राष्ट्र प्रती माया नहुने ले मात्र देश छोडेका हुन् होइन भने धेरै बिदृवान र देश भक्त नेपाली ले देश छोडेका छैनन्। हाम्रो बिकाश को आधार भनेकै ब्यापार र कच्चा पदार्थ आयात भएको ले यसले एकातिर भारत को बिसाल ब्यापारलाई सहयोग गर्छ भने अर्को तिर नेपाल कै आर्थिक बिकाश लाई सधाउछ। BR अन्तर्गत को बिकाश मोडल मा नेपाल ले यातायात, रेल, इन्टरनेट सेवा विस्तार आदि बाट छिमेकी संग को सम्बन्ध लाई सुधारेर अगाडि बढ्नु पर्छ । कुनै पनि सरकार प्रमुख वा मन्त्री ज्यू हरूबाट हुने बैदेशिक भ्रमण को उद्देश्य र एजेन्डा तय गरेर छलफलको माध्यमबाट राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय स्तरमै छलफल र गोष्ठी बाट जनभावना र राष्ट्रको अनुकूल काम गर्न मात्र बिदेश भ्रमण जाने ब्यबस्था गर्नु पर्छ। अमेरिकाले के गर्ला र के भन्ला भन्दा पनि अहिले का नेपाल र नेपाली लाई माया गर्ने स्वदेशी नेपाली दाजुभाइ दिदी बहिनीलाई को हित को लागि कसैसँग नडराई दुबै राष्ट्र संग असंलग्न परराष्ट्र नीति निर्माण गर्नुको बिकल्प छैन भन्ने मलाई लागेको छ।
लेखक रीना भट्ट राजनीति शास्त्र पाटन संयुक्त क्याम्पस मा प्राध्यापक हुनुन्छ । उहाँ राजनीति शास्त्र पढाउनुहुन्छ र यस्तै समसामयिक कुरामा कलम चलाउने गर्नुहुन्छ ।



प्रतिकृया