• २१ जेठ २०८३, बिहीबार
  • ८:१९ बिहान

मिस ग्राण्ड नेपाल २०२१ को उपाधिको लागि १६ जना प्रतिस्पर्धी भिड्दै

प्रकाशित मिति

२०७८ कार्तिक २४ गते, बुधबार ०४:४८

२४ कार्तिक, २०७८ काठमाडौँ : मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागी १६ जना प्रतिस्पर्धी भिड्ने भएका छन । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट अहिले १६ जना प्रतिस्पर्धी राखेको हो ।


आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस फेस अफ बिउटी इन्टरनेसनल मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको हो । यो वर्ष देखि अर्को एउटा ताज समेत थप गरी यो वर्ष बाट ५ जना सुन्दरीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिसपर्धा गराउने भएको छ ।

Kamana Sewa

राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको अडिसनमा सयौ सुन्दरी हरुको सहभागितामा अहिले १६ जना मात्रै अग्र स्थानमा आएका छन् ।

Classic Tech Desktop

प्रतिस्पर्धामा निशु शाह सिरहाबाट, सपना कार्की पोखराबाट, वर्षा राणा नवलपरासीबाट, ममता मल्ल डोटीबाट, सोनाली सापकोटा काभ्रेबाट, सुर्जिना श्रेष्ठ काठमाडौबाट, मनिषा छिनाल हेटौडाबाट, यशोदा रेग्मी पाल्पाबाट, ममता बुढा क्षे त्रि बर्दियाबाट, बबिता आचार्य झापाबाट, अस्मिता तामाङ काठमाडौबाट, डिम्पल खरेल झापाबाट, प्रमिला विश्वकर्मा पोखराबाट, सोना यादव बाराबाट, आयुष्या चन्द ठकुरी, अन्जली थापा दाङबाट रहेका छन् ।


मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर।के। इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै आएको छ । छनोटमा परेका १६ जनाकै अहिले भोटिङ राउन्ड सुरु भैसकेको छ । सबै प्रतियोगीहरु भोटको लागि आआफ्नो गृह जिल्ला गैसकेका छन् ।


मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै कम्पनी goodwill ambassador र नेपाली चलचित्रमा नायिका समेत हुदै, पाँचै बिजेताले इन्टरनेशनल प्रतियोगितामा २०२१, मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने जनाएको छ ।

प्रतिकृया