• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

बुटवलको सलाई उद्योगमा आगलागी, चार करोड क्षतिको दाबी

प्रकाशित मिति

२०७८ कार्तिक १७ गते, बुधबार १०:५०

१७ कार्तिक, २०७८ काठमाडौँ : बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो । आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले दाबी गरेका छन् ।


रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डीएसपी केसीले बताए । उक्त उद्योग राजेन्द्र ढकाललगायत पाँच जनाको साझेदारी लगानीमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया