कुकुरका साना नवजातमा छाउरा हुने मृत्यु व्यवस्थापन
प्रकाशित मिति
२०७८ कार्तिक १७ गते, बुधबार १०:५८
डा. केदार कार्की
पशु स्वास्थय व्यवस्थापन सल्लाहकार राष्ट्रिय नेपाल प्रा.ली रुपन्देही
बच्चा जन्माएर हुर्किएर विक्री गर्ने व्यवसायी तथा कुकुर पाल्ने सौखिनहरुका लागि नवजात छाउरा छाउरीको मृत्यु एउटा गम्भीर समस्या मानिन्छ । औसतमा पहिलो तीन हप्ता भित्र जन्मेका प्रत्येक तीन छाउरा छाउरी मध्ये एकको मृत्यु हुने गर्दछ । अलिकति पुर्वतयारी अनी हुर्काउने ज्ञान भए । हामी यस्तो क्षती न्युनिकरण गर्न सक्छौं । नवजात कुकुरका छाउरा छाउरीहरु सवै खाले प्रतिकुल अवश्य प्रति असुरक्षित हुने गर्दछन् ।
कुकुरका छाउरा छाउरीमा मृत्यु हुने कारणहरु र तीनको व्यवस्थापन :
अत्यधिक चिसो लाग्नुःः
कुकुरका छाउरा छाउरीमा मृत्युहुने कारणमा सवैभन्दा महत्वपूर्ण मानिन्छ । यिनका रोग प्रतिरक्षात्मक प्रणाली पुर्णरुपमा क्रियाशिल हुँदैनन जव सम्म शारीरिक तापक्रम स्थिर हुदैन जव यिनीहरु करीव एक महिनाका पुग्दछन अनी यिनको मलद्यारको तापक्रम एक सय डिग्री पुग्दछ । कुकुरका छाउरा छाउरी जन्माउने वाकसको आरामदायी तापक्रम कम पचासी देखि नब्बे डिग्री फेरेनहाइट पहिलो हप्ताको लागि आवश्यक हुन्छ । तातो विद्युतीय बत्तीको प्रयोग गर्नुहोस किनभने यसले जल अल्पता गराउन सक्छ । तातो विद्युतीय बत्तीको प्रयोग किनभने यसले नद अल्पलता गराउन सक्छ । राम्रो विकल्प तातोपानी भरेको वोतल माउ र छाउरा छाउरी राख्ने वाकस वरिपरि राख्न सकिन्छ । त्यसलाई जतिपटक माउको न्यानो वाट हटाउनु हुन्छ । बोतलमा तातो पानी फेर्नु पर्ने हुन्छ ।

स्टील —वर्थ पप्पी :

यसको अर्थ छाउरा छाउरी पुर्ण विकसित भएका तर जन्मने वेला पछि साँस फेर्न नस्कनु भन्ने बुझीन्छ । यसका निम्न कारण हुन सकलान । माउको गर्भाश्यमा जीवाणु जन्य संक्रमण हुनु,जस्तै वि. कयानीस,कयानाइन हरपस भाइरसको संक्रमण,माउ अनुवांशिक विकृति हुनु,वच्चा माउको पेटमा अडकनु ।
नाइटो सम्बन्धि संक्रमणः
सरसफाईको अभावले पनि नाइटो सम्बन्धि संक्रमणमा योगदान पु¥याउन सक्छ । यस्ता संक्रमण जीवाणु जन्य कारण हुन सक्छन जस मध्ये विटा हिमोलइटिक स्ट्रेपटोकोकाइ,इ.को कोलाई,स्टाफाइलोकोकस,या पास्टुरेला प्रजाती प्रमुख मानिन्छन यसले शरीर भरी रगत विषालु हुने स्थिति श्रृजना गराई अपेक्षित समय भन्दा चाँडो मृत्यु गराउँछ । यस्ता संक्रमण वाट वचाउन नाइटो सम्बन्धि रज्जु सामान्य किसिमले सुकी राखेका छ छैन वेलावेलमा जाँच्नु र हेरविचार गरीनु पर्दछ । यो वच्चा जन्मेको दुई तीन दिनमा सामान्यता सुकी सकेको हुनुपर्दछ ।
बिषालाु दुध सिन्ड्रोम :
धुनेलो ग्रस्त माउको दुध चुसाएर स्याहार गरीएका छाउरा छाउरीमा यो अवश्य चार देखि चौदह दिनको उमेरमा देखा पर्दछ । यसका संकेतहरुमा ,चिच्याउने,पेट ठाडिने,हरियो झाडा पखाला लाग्ने अनि मलद्धारा रातो हुने गर्दछ। यसको उपचार बच्चाहरुलाई माउवाट कम्ती चौविस देखि वहत्तर घण्टा छुट्टयाएर राख्नुपर्छ । पेट ठाडिएको नहराउनु जेल सम्म ग्लुकोज मिश्रीत पूर्नजलीय उपचार र हेरविचार गर्भधारण गर्नुभन्दा पहिले गर्भवती भएको बेला तथा सुत्केरी भएको वेला यो अवश्यवाट बचाउन सकिन्छ ।
भाइरसको संक्रमण :
धरै खाले भाइरस जन्य संक्रमण जस्तै क्यानाइन डिस्टयापर,क्यानाइन हेपाटाइटिस, क्यानाइन पारभो भाइरस, क्यानाइन हरपस भाइरल तथा क्यानाइन कोरोना भाइरसले कुकुरका बच्चालाई प्रभावित पार्न सक्छ । कुकुरका बच्चामा हुने ज्यादातर मृत्यु गराउनेमा क्यानाइन पारभो भाइरस अरु भन्दा द्यातक मानिन्छ । यसका प्रायः देखिने लक्षणहरुमा बान्ता गर्ने, अरुचिहुने लोसे हुने जलअल्पता , रगत मिसिएको झाडा पखाला प्रमुख हुन । यसको उपचार रगतको नशा बाट पूर्णजलिय उपचारका साथै एन्टिबायोटिक तथा एन्टिव्याक्टोरिया तथा सहउपचारमा प्रयोगहुने औषधी पनि दिनु उचित हुन्छ । रोकथामका लागि कुकुरका बच्चाहरुलाई सात देखि नौ हप्ताको उमेरमा संयुक्त खोप दिनुपर्दछ । तथा खोपको प्रभावकारीता बढाउन बाह« देखि चौधह महिनामा पुनः खोप दिनुका साथै सासवासाली खोपहरु दिनुपर्दछ ।
परजीविजन्य संक्रमणः
अकुरो जुकाको संक्रमण सालनालको माध्यमबाट व निलेर सानाकुकुरका बच्चाको शरीर भित्र पुग्दछन् । साना कुकुर का बच्चामा यिनको असर रक्त अल्पता तथा कालो रंग पोतेको जस्तो दिशा हुने गर्दछ । बच्चालाई जन्मेको एक्काइसो दिनमा जुकाको औषधी खुवाउन जरुरी हुन्छ । रोकथाम को लागि फेनबेन्डाजोल ५० मिलि ग्राम प्रति के.जी शारिरिक तौल अनुसार गर्भवती माउलाई दिनुपर्छ त्यसको पन्ध्रह दिन पछि दो¥हाएर दिनु उचि हुन्छ । यस्तो अवस्था हुन न दिन पोथी कुकुर स्वस्थ्य हुनुपर्छ साथै बाली लगाउने बेला अगाडी नै सबै खाले खोप उचित तरीकाले लगाउनु पर्दछ । भाले कुकुर बाली लगाउनु भन्दा पहिला र बच्चा दिनु बेला उचित व्यायामको अभावमा बच्चा जन्माउने व्यथा लाग्न लामो समय लाग्न सक्छ ।




प्रतिकृया