• २१ जेठ २०८३, बिहीबार
  • ४:३९ बिहान

ग्लोबल आइएमई बैंकले गर्यो महानगरीय प्रहरी परिसर ललितपुरलाई एलइडी टिभी हस्तान्तरण

प्रकाशित मिति

२०७८ कार्तिक १४ गते, आईतवार ०१:५८

१४ कार्तिक, २०७८ काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट हस्तान्तरण गरेको छ ।


बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु प्रदान गरेका हुन् ।

Kamana Sewa

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले महानगरीय प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रुमका लागि टेलिभिजन सेटहरु सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरुले सेवाग्राहीहरुलाई थप प्रभावकारीरुपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखेका थिए।

Classic Tech Desktop

यसैगरी, महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरिक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित कन्ट्रोल रुमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका गरे ।

प्रतिकृया