• ६ साउन २०८३, बुधबार
  • ९:५७ बिहान

विश्वभर कोरोनोका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०९:३६

१३ कार्तिक, २०७८ काठमाडौँ :  विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको कुल संख्या ५० लाख ३ हजार ९०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५५३ संकमितको मृत्यु भएको छ ।


मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३५ र रुसमा एक हजार १६३ जना छन् । हालसम्म कोरोनाका कुल संक्रमितको संख्या २४ करोड ६७ लाख २० हजार २२० छ भने तीमध्ये २२ करोड ३५ लाख ११ हजार ९७७ जना निको भइसकेका छन् ।

Kamana Sewa

प्रतिकृया