• ६ साउन २०८३, बुधबार
  • ६:५२ बिहान

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०९:३२

१३ कार्तिक, २०७८ काठमाडौँ : आज शनिबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।


राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ ।

Kamana Sewa

आइतबार प्रदेश १, बागमती र गण्डकीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया