• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार १२:५७

२ कातिक, २०७८ काठमाडौँ : निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् ।


झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । उचाई चलचित्रको सुटिङमा रहेको बलिउड कलाकारहरुको टोलीलाई मनाङ लैजान आज तारा एयरले ६ उडानको तालिका राखेको थियो। तर, आज कुनै पनि उडान हुन सकेनन् ।

Kamana Sewa

डोल्पा, जोमसोम र तुम्लिङटारका लाठिग निर्धारित उडानहरु समेत प्रभावित भएको कार्यालयले जनाएको छ । पहाडी भेगमा बाक्लो हुस्सुका कारण समेत हवाई उडान प्रभावित बनेको हो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन्।

Classic Tech Desktop

प्रतिकृया