• १२ असोज २०८३, सोमबार
  • २ः३७ दिउँसो

इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै अनु मलिकको ट्रोल

प्रकाशित मिति

२०७८ श्रावण १८ गते, सोमबार ०५:१७

१८ साउन, २०७८ काठमाडौँ : जापानको राजधानी टोकियोमा ओलम्पिक खेल चलिरहेको छ । विश्वको ध्यान तानेको ओलम्पिकले भारतीयहरुको ध्यान पनि तानिरहेको छ । तर, इजरायलका खेलाडी अर्टम डोल्गोपिटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत बजाइएको थियो । यो गीत बज्दै गर्दा भारतीयहरुले भने बलिउडका सफल संगीतकार अनु मलिकलाई संझिए ।

National Life

इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजिरहँदा अधिकांश भारतीयहरुले अनु मलिकले संगीत भरेको चलचित्र ‘दिलजले’को ‘मेरा मुल्क मेरा देश मेरे ये वतन’ गीत संझिए । यसपछि, ट्विटरमा अनु मलिकले इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै ट्रोल भैरहेको छ । अजय देवगणको मुख्य भूमिका रहेको यो चलचित्र सन् १९९६ मा रिलिज भएको थियो ।


उसो त अनु मलिकलाई चोरीको आरोप लागेको पहिलो पटक होइन । यसअघि उनले संगीत भरेका ‘राजाको रानी से प्यार हो गया, मेरा पिया घर आया, ये काली काली आँखे, तारे हे बाराती चाँदनी, हारे हारे हारे’ बोलको गीतलाई पनि चोरीको आरोप लागेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उसो त, ‘हातिकवाह’ बोलको गीतको धुन पनि ओरिजिनल भने होइन । यसको संगीत १६ औं शताब्दीको एक इटालियन गीत ‘ला मन्टोवना’बाट प्रभावित छ । ‘ला मन्टोवना’को धुनलाई पोल्यान्ड, स्पेन र युक्रेनमा फरक फरक तरिकाले प्रयोग गरिएको छ ।

प्रतिकृया