चाँगुनारायणकाे कमाण्डरमा बुढाथोकी, सुर्यविनायकमा सापकोटा चयन
प्रकाशित मिति
२०७८ श्रावण १८ गते, सोमबार ०५:३०
१८ साउन, २०७८ भक्तपुर : नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले भक्तपुरको चारवटै नगरपालिकामा नगर कमिटीलाई पूर्णता दिएको छ । जिल्ला कमिटिलीे नगरपालिकाको ३८ वटै कमिटीका लागि अध्यक्ष र सचिव चयन गरेको छ । आइतवार जिल्ला कमिटीको पूर्ण बैठकले चारवटै नगरपालिका र ३८ वटै वडामा अध्यक्ष र सचिव चयन गरेको हो ।
जिल्ला कमिटीले सुर्यविनायक नगरपालिकामा अध्यक्षमा रबिन्द्र सापकोटा र सचिवमा शिवराम राउत चयन भएकाे छ । त्यस्तै चाँगुनारायण नगरपालिकामा रमेश बुढाथोकी अध्यक्ष र सुवास ढुङ्गाना सचिव, मध्यपुर थिमी नगरपालिकामा अध्यक्ष सूर्यलाल श्रेष्ठ र सचिवमा सुमन जोशी र भक्तपुर नगरपालिकामा अध्यक्ष विष्णुप्रसाद सुवाल र सचिवमा विश्वराज शिल्पकार चयन भएका छन् ।
जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजाको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष एवं केन्दीय सदस्य आनन्द पोखरेल, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, केन्द्रीय सदस्य महेश बस्नेत, पूर्व जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र राजथला, बागमती प्रदेश कमिटी सदस्य निर्मलकुमार भट्टराईले समसामायिक राजनीतिक परिस्थितिका र पार्टीको संगठन निर्माणमा सक्रिय भएर लाग्न जिल्ला किमिटीलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले नवनिर्वाचित पार्टी कमिटीलाई व्यवस्थित गर्दै आगामी निर्वाचनमा नेकपा एमालेलाई पुनः पहिलो पार्टी बनाउन सक्रिय भएर लाग्न सबै आग्रह गरे ।
आगामी दिनमा पार्टीका संगठित सदस्य नविकरण गर्ने, भातृ संगठन पुनःगठन गर्दै नेकपा एमोलका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई अदालतको परमादेशबाट विस्थापित गरी कठपुतली सरकार निर्माण गरेको बारेमा जनताको घर घरमा सन्देश पु¥याइ आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न सिंगो जिल्ला कमिटी परिचालित हुने बताउनुभयो । कार्यक्रममा जिल्ला कमिटीका सचिव बासुदेव थापाले बैठक सञ्चालन गर्दै साउन महिनाभित्र सबै कमिटीले पूर्णता पाउने बताए ।
२०७४ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र मंंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पश्चात अधिवेशनबाट कमिटी चयन गर्ने प्रक्रिया अगाडि बढिरहँदा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएपछि एकीकृत कमिटी निर्माण गर्ने अन्तिम तयारी हुँदा हुँदै २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णय पश्चात साविककै नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र पुरानै अवस्थामा ब्यूतिएपछि नेकपा एमालेको जिल्ला कमिटी भक्तपुरले जिल्ला भित्रका चारवटै नगरपालिकाका र ३८ वटै वडामा पार्टी कमिटिको अध्यक्ष र सचिव चयन गरेको हो ।







प्रतिकृया