• १२ असोज २०८३, सोमबार
  • १ः३१ दिउँसो

लमजुङमा एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार १२:४२

१० साउन, २०७८ काठमाडौँ : जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १ सय ७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् । सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८ सय ८८, शल्यक्रिया १ सय ९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

National Life

अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्या वृद्धि भएको उनको भनाइ छ ।


त्यस्तै जिल्ला अस्पतालमा आव २०७६/७७ मा एक हजार १ सय २३ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये ८ सय ६६ सामान्य, १ सय ६८ शल्यक्रिया र ८९ ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आव २०७५/७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेको थियो । सोमध्ये ८ सय २९ सामान्य, १ सय २४ शल्यक्रिया र ५८ ले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै आव २०७४/७५ मा एक हजार ३ सय २२ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये एक हजार ५२ सामान्य, १ सय ६९ शल्यक्रिया र १ सय १ ले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पतालमा आव २०७४/७५ देखि २०७७/७८ सम्म चार हजार ६ सय २७ ले सो सेवा लिएका छन् । यीमध्ये सामान्य प्रसूति सेवा तीन हजार ६ सय ३५, शल्यक्रिया गर्नुपर्ने ६ सय ५४ र जटिल किसिमको प्रसूति सेवा ३३ सय ८ जनाले लिएको अस्पतालका प्रमुख श्रेष्ठको भनाइ छ ।


विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूति सेवा प्रवाह गर्दै आएको छ । यस जिल्ला अस्पतालको प्रसूतिगृहमा १५ शय्या रहेका छन् । अस्पतालमा ग्रामीण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका महिलामा समेत सुरक्षित प्रसूति सेवाका लागि अस्पताल जानुपर्छ भन्ने भावनाका साथ जिल्लाको अतिविकट गाउँका महिला पनि आउने गरेका छन् । : रासस

प्रतिकृया