• २१ जेठ २०८३, बिहीबार
  • ४:३७ बिहान

मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँट

प्रकाशित मिति

२०७८ असार २८ गते, सोमबार १२:३९

काठमाडौँ : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज (सोमबार) बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो। कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो। संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए।


आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ। मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो। जसअनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। तीमध्ये दुई जनाले ११ कित्ता शेयर पाएका छन्। आवेदन दिएकामध्ये १९ लाख १७ हजार बढी आवेदकको हात खाली भएका छन्।

Kamana Sewa

कम्पनीले रु तीन करोड ८९ लाख बराबरको तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।

Classic Tech Desktop

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। आइपिओको नतिजा मेरोसेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ। -रासस

प्रतिकृया