• ११ असोज २०८३, आइतबार
  • १०ः५९ बिहान

रामोस पीएसजीमा अनुबन्धित : दुई वर्षका लागि सम्झौता

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०४:०७

काठमाडौँ : रियाल मड्रिडका पूर्व कप्तान तथा चार पटकका च्याम्पियन्स लिग विजेता सर्जियो रामोस फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित भएका छन् । बिहीबार भएको सम्झौताअनुसार रामोसले २०२३ सम्मका लागि पीएसजीसँग सम्झौता गरेका हुन् ।

National Life

रियालमा १६ वर्ष बिताएर चार च्याम्पियन्स लिगसँगै पाँच ला लिगा र चार क्बल विश्वकप जितेका रामोसले एक्कासी क्लब छाड्ने निर्णय गरेका थिए । ‘म पीएसजीसँग जोडिन पाउँदा एकदमै खुशी छु,’ रामोसले भने‍, ‘यो मेरो जीवनमा ठूलो परिवर्तन र नयाँ चुनौती हो । म यो दिन कहिले पनि बिर्सने छैन ।’


सन् २०१२ मा स्पेनिस टोलीबाट विश्वकप विजेतासमेत बनेका रामोसलाई गत साता रियालले विदाई गरेको थियो । विदाई समारोहमा भावुक बनेका रामोसले आफू रियालमै बस्न चाहे पनि क्लबले त्यसलाई सकारात्मक रूपले नलिएको दाबी गरेका थिए । गत सिजनको अन्त्यमा चोट ग्रस्त बनेका ३५ वर्षीय लिजेन्ड रामोस जारी युरो २०२० को स्पेनिस टोलीमा परेका थिएनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया