• ११ असोज २०८३, आइतबार
  • ११ः३० बिहान

युरोकप र कोपा अमेरिका चलिरहेका बेला यी हुन् सबैभन्दा धेरै खेलका अपराजित टोली

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०३:३७

काठमाडौँ : यतिबेला दुई वटा महादेशका महादेशस्तरीय फुटबल प्रतियोगिताहरु भइरहेका छन् । युरोपमा युरोकप भइरहेको छ भने दक्षिण अमेरिकामा कोपा अमेरिका । कोपा अमेरिकाको साविक विजेता ब्राजिल हो। युरोकपको गत संस्करणमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले हराएर उपाधि जितेको थियो ।

National Life

अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो समय इटाली ३० खेलयता अपराजित छ। अहिले सबैभन्दा धेरै खेलयता अपराजित रहेको टोली यहि हो । अर्जेन्टिना पनि १६ खेलयता अपराजित रहेको छ । इटालीले तीन वर्षयता र अर्जेन्टिनाले दुई वर्षयता खेल हारेका छैनन् ।


अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेलमा अपराजित हुने टोलीको ‍विश्व कीर्तिमान स्पेन र ब्राजिलको नाममा संयुक्त रहेको छ। दुवै लगातार ३५ खेलमा अपराजित रहेका थिए । ब्राजिल सन् १९९३ देखि १९९६ सम्म अपराजित रहेको थियो । यसैगरि स्पेन २००७ देखि २००९ सम्म अपराजित रहेको थियो । अर्जेन्टिनाले पनि लगातार ३१ खेलसम्म हार ब्यहोरेको थिएन। उसले उक्त सफलता सन् १९९१ देखि सन् १९९३ सम्म प्राप्त गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

इटालीले यसअघि सन् १९३५ देखि १९३९ सम्म र फ्रान्सले सन् १९९४ देखि १९९६ सम्म लगातार ३० खेलसम्म हार ब्यहोरेका थिएनन् । अहिले नेदरल्यान्ड्स ७ खेलयता, बेल्जियम १२ खेलयता, इङ्ल्यान्ड ८ खेलयता, स्पेन १० खेलयता, फ्रान्स ९ खेलयता, स्विडेन ७ खेलयता र ब्राजिल ९ खेलयता अपराजित रहेको छ ।

प्रतिकृया