• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

सरकारले ल्याएको नीति तथा कार्यक्रम गएको वर्षको फोटोकपी नभई कार्यान्वयनको मार्गचित्र:मुख्यमन्त्री राई

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार १०:४५

 प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नीति तथा कार्यक्रम गएको वर्षको फोटोकपी नभई कार्यान्वयनको मार्गचित्र भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रतिपक्षीको भुमिकाका कारण केही नकारात्मक टिप्पणी आउनु स्वाभाविक ठानेको छु, आएका सुझावलाई साकारात्मक रुपमा लिएर कार्यान्वयनमा लैजान्छौँ ।

Kamana Sewa

प्रदेश नं. १ सरकारकातर्फबाट सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यन्वायन गर्नको लागि मार्गचित्र स्पष्ट भएको बताउनुभयो ।

Classic Tech Desktop

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम माथि ९३ जना सांसद मध्ये २३ जनाले मात्र छलफलमा भाग लिएर सुझाव दिएकोमा अन्य ६९ जनाले नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा स्वीकार गरेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री राइले प्रदेश सरकार प्रदेशको कृषि, औद्योगिक र पर्यटकीय क्षेत्रको विकासका लागि संवेदनशील भएर लागि परेको बताउनुभयो । पहिले आफ्नै संरचना अभाव र थुप्रै अन्य कारणले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निकै कठिनाइ भएको पनि उहाँले बताउनुभयो ।

प्रतिकृया