• २० भदौ २०८३, शनिबार
  • ३ः४७ दिउँसो

पर्साको सामुदायिक वनमा वयश्क पाटेबाघ मृत फेला

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार १०:२३

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वन क्षेत्रमा वयश्क पाटेबाघ मृत फेला परेको छ।

National Life

पर्साको ठोरी गाउँपालिका-३ रामनगरको बस्ती क्षेत्रबाट झण्डै एक किलोमिटरको दूरीमा रामबुद्ध सामुदायिक वन क्षेत्रमा अन्दाजी १०-१२ वर्षको वयश्क भाले बाघ शनिबार बेलुका मृत फेला परेको हो। उत्त बाघ एक-दुई दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले भने, ‘शनिबार बेलुका ५ बजेतिर स्थानीय गोठालाहरुले सामुदायिक वनको चिसापानी चउर क्षेत्रमा बाघ मृत देखेपछि हामीलाई खबर गरेका थिए। त्यसपछि निकुञ्ज कर्मचारी तथा नेपाली सेनाको टोलीसहित पुगेर मुचुल्का उठाइएको हो।’

Classic Tech Desktop

बाघको शरीरमा चोटपटक लागेको देखिएको  तर सबै अंगहरु सुरक्षित रहेका उनले बताएका छन् । बाघलाई पोस्टमार्टमका लागि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको बस्नेतले जानकारी दिए।

उनले भने, ‘केही दिनअघि सोही क्षेत्रमा बाघले मान्छे माथि पनि आक्रमण गरेको थियो । त्यहि क्रममा घाइते भएको बाघ त्यहिँ मरेको हुन सक्ने अनुमान छ।’

सन् २०१८ मा भएको गणनामा अनुसार  पछिल्लो पल्ट नेपालमा बाघको संख्या २ सय ३५ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ र पर्सामा १८ वटा बाघ रहेका छन् ।

प्रतिकृया