• १९ भदौ २०८३, शुक्रबार
  • ११ः०२ बिहान

स्वास्थ्य मापदण्डको पालना कडाइ गर्न ओलीकाे निर्देशन

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार १०:०४

काठमाडौँ :  सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कोरोनाको दोस्रो लहर बढ्दै गएकाले दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गर्दै निर्देशन दिएकागरेका हुन् ।

Kamana Sewa

 

Classic Tech Desktop

सिसिएमसीले वैशाख ६मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, सङ्क्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको  थियो ।

 

साेहि ब्रिफिङपछि प्रधानमन्त्रीले  जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

 

कोरोनाको सङ्क्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् ।

प्रतिकृया