• २१ भदौ २०८३, आइतबार
  • २ः४६ दिउँसो

नेपालसहित निलम्बितलाई कारवाही गर्ने तयारी: आकस्मिक बैठक

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार १०:३३

काठमाडौं : नेकपा (एमाले)ले माधव नेपाल पक्षका केही सांसदलाई निष्कान गर्ने तयारी गरेको छ ।

National Life

 

माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ ।

Classic Tech Desktop

 

फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको हाे ।

 

सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको स्रोतले जनाएको छ । कारबाहीको प्रकृतिबारे  भने प्रष्ट पारिएको छैन ।

 

दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा एमालेको विधानले  सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

प्रतिकृया