• १६ असोज २०८३, शुक्रबार
  • २ः४२ दिउँसो

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभा सुरु हुने वित्तिकै विपक्षीको फेरि विरोध

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ०१:२२

२२ साउन २०८३ काठमाडौं – प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि विपक्षी दलहरूको विरोधबीच सुरु भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नासाथ विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

National Life

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको जेठ १७ गतेको अभिव्यक्तिलाई लिएर विरोध जारी राखेका छन्। प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा “भारतको भूमि नेपालले मिचेको छ” भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको स्पष्टीकरण माग गर्दै संसद् अवरोध गर्दै आएका छन्।

विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री शाहले हालसम्म उक्त अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छैनन्। साथै, उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखले पनि सचिवालयलाई कुनै निर्देशन नदिएको भन्दै विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, विरोधका बीच प्रतिनिधिसभाको बैठकको कार्यसूची अगाडि बढाउने प्रयास भइरहेको छ।

प्रतिकृया