• २२ साउन २०८३, शुक्रबार
  • २:३२ बेलुका

प्रधानमन्त्री बालेनले सार्वजनिक गरे पहिलो चौमासिक प्रगति प्रतिवेदन, तीन महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ०१:४२

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो कार्यकालको पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ बमोजिम प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रधानमन्त्री शाह २०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। चौमासिक प्रतिवेदन भनिए पनि यसमा वैशाख, जेठ र असार महिनामा भएका मुख्य गतिविधि र उपलब्धिहरू समेटिएका छन्। प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वरूप, प्रकृति, काम, कर्तव्य, अधिकार तथा कर्मचारी विवरण समावेश गरिएको छ। साथै, समीक्षा अवधिमा कार्यालयबाट सम्पादन गरिएका प्रमुख कार्यहरूको विवरण पनि प्रस्तुत गरिएको छ।

Kamana Sewa

प्रतिवेदनअनुसार २०८३ वैशाख १ गतेदेखि असार मसान्तसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसेका छन्। ती बैठकबाट कुल ३८४ वटा निर्णय गरिएको उल्लेख छ। यस अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिका ८ वटा बैठक सम्पन्न भई १२ वटा निर्णय भएका छन्।

Classic Tech Desktop

यस्तै, नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, शून्य बाँकी फाइल अभियान सञ्चालनका लागि सबै मन्त्रालय, निकाय, आयोग तथा स्थानीय तहलाई मार्गदर्शनसहित पत्राचार गरिएको र एकीकृत प्रगति प्रतिवेदन माग गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रधानमन्त्री कार्यालयका अनुसार सार्वजनिक गरिएको प्रतिवेदन सरकारका गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यका साथ सार्वजनिक गरिएको हो।

प्रतिकृया