• ३ असार २०८३, बुधबार
  • ७:०८ बेलुका

नेपाल टेलिभिजनका उपकरण तथा प्रविधि खरिदबारे छानबिन गर्न समिति गठन

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०१:३७

३ असार २०८३ काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था अन्तर्गतको नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयमा तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

Kamana Sewa

समितिलाई ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धी विषयमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।

Classic Tech Desktop

यी खरिद प्रक्रियासँग सम्बन्धित विभिन्न गुनासो तथा उजुरी विभिन्न निकायमा परेकाले मन्त्रालयले आन्तरिक जानकारी तथा सत्यतथ्य मूल्यांकनका लागि छानबिन समिति गठन गरेको जनाएको छ। नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि गरिएका खरिद प्रक्रियाको पारदर्शिता, प्रतिस्पर्धात्मकता तथा कानुनी प्रक्रियाको पालना सम्बन्धमा प्रश्न उठ्दै आएका छन्।

यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन गर्न छुट्टै समिति गठन गरेको थियो।

प्रतिकृया