• १६ असोज २०८३, शुक्रबार
  • ६ः२५ बेलुका

सुकुम्बासीलाई पुरानै स्थानमा पुनर्वास गर्न हर्कराज राईको माग

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०१:५९

३ असार २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले डोजर चलाएर विस्थापित गरिएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई उनीहरू बसेकै स्थानमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले डोजर अभियानका कारण बेघरबार बनेका नागरिकहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य भएको बताए। उनले त्यहाँ खाना, पानी लगायत आधारभूत सुविधाको समेत अभाव रहेको उल्लेख गर्दै सरकारलाई तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्न आग्रह गरे।

National Life

‘सुकुम्बासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघरबार बनाइएको छ। अहिले होल्डिङ सेन्टरहरूमा खाना र पानीको समेत अभाव छ,’ उनले भने, ‘त्यसतर्फ सरकारको तत्काल ध्यान जान आवश्यक छ।’

राईले सुकुम्बासीहरूले आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै व्यवस्थित सिटी प्लान बनाएर पुनर्वास गरिदिन आग्रह गरिरहेको उल्लेख गर्दै सरकारले त्यसैअनुसार योजना अघि बढाउनुपर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले राहत आवश्यक पर्ने ठाउँमा राहत र व्यवस्थापन आवश्यक पर्ने ठाउँमा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिँदै यस वर्षको बजेटमा छुट्याइएको सहर व्यवस्थापनसम्बन्धी रकम पुनर्वासका लागि उपयोग गर्न सकिने धारणा राखे।

अध्यक्ष राईले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसदको अभिलेखबाट नहटेसम्म आफ्नो पार्टीको विरोध जारी रहने पनि स्पष्ट पारे। साथै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने माग समेत गरे।

उनले सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै व्यवस्थित सहरी विकाससँगै पुनर्वासको कार्यक्रम सञ्चालन गर्न सरकारलाई आग्रह गरे।

प्रतिकृया