• १५ असोज २०८३, बिहीबार
  • ४ः४० बेलुका

क्यान्सरका अत्यावश्यक औषधिको अभाव अन्त्य गर्न सांसद थपलियाको माग

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०१:४७

३ असार २०८३ काठमाडौं – नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले क्यान्सरका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले क्यान्सरविरुद्धको किमोथेरापीमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता औषधि अभावका कारण बिरामीको जीवन नै जोखिममा परेको बताइन्।

National Life

स्वास्थ्यमन्त्री निशा मेहताले केही समयअघि औषधि व्यवस्था विभागको निरीक्षण गरी आपूर्ति सहज बनाउन निर्देशन दिएको उल्लेख गर्दै सांसद थपलियाले त्यसको प्रभाव भने व्यवहारमा नदेखिएको गुनासो गरिन्।

‘मन्त्रीज्यूले निरीक्षण गरेर निर्देशन दिएको भनियो, तर आज पनि बिरामीले औषधि पाएका छैनन्,’ उनले भनिन्, ‘हिजो मात्रै भक्तपुर क्यान्सर अस्पतालमा किमोका लागि पुगेका बिरामीले औषधि नपाएर मलाई गुहार्नुभएको छ। मन्त्रीको निर्देशन कहाँ हरायो ?’

Classic Tech Mobile
Classic Tech Desktop

सांसद थपलियाले स्वास्थ्यमन्त्रीसँग हाल सिस्प्लाटिन कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ भन्ने सूची तत्काल सार्वजनिक गर्न माग गरिन्। साथै यस्ता अत्यावश्यक औषधिको अभाव भविष्यमा दोहोरिन नदिन सरकारको तत्कालीन तथा दीर्घकालीन योजना सार्वजनिक गर्नुपर्ने बताइन्।

उनले मन्त्रीले निरीक्षण गरेका कम्पनीहरूको अनुमति प्रक्रिया कहाँ पुगेको छ र बजारमा औषधिको आपूर्ति कहिलेदेखि सहज हुन्छ भन्नेबारे पनि स्पष्ट जानकारी दिन आग्रह गरिन्। सांसद थपलियाले मन्त्रीलाई निर्देशनमा मात्रै सीमित नबस्न र बिरामीको हातमा औषधि पुगे–नपुगेको प्रभावकारी अनुगमन गर्न समेत आग्रह गरिन्।

प्रतिकृया